मङ्लबार, बैशाख ८, २०८३

नेकपा एमालेबाट वडा सदस्यमा विजयी भएका सूर्जे मगरको मृत्यु


कान्तिपथ


धनकुटाको चौविसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ।

उनी आफू विजय भएको खबर पनि सुन्न नपाई बेहोस भएका थिए । मधुमेह र उच्च रक्तचापका बिरामी मगरको गए राति मृत्यु भएको जनाइएको छ ।

अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए। तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भएको हो । मगरका दुई छोरा र पत्नी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत