मङ्लबार, बैशाख ८, २०८३

माइक्रोबस पल्टिदा एकको मृत्यु


कान्तिपथ


रुपनी–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको रायपुरस्थित पाँच किलोमा आज माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी केही व्यक्ति घाइते भएका छन् । उनीहरुको रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत