अमेरिकी स्कि माउन्टेनर ४९ वर्षीया हिलारी नेल्सनको शव फेला परेको छ। मनास्लु हिमाल पर्वतारोहणका लागि गएकी उनी मंगलबार हिमालको तल्लो क्षेत्रमा हिमपहिरोमा परी हराएकी थिइन्।
मनाङ प्रहरीका अनुसार गोरखा र मनाङको सीमामा हिलारीको शव भेटिएको हो। अनुभवी स्कि माउन्टेनर नेल्सनले सन् २०१२ मा उनले सगरमाथाको आरोहण गरेकी थिइन्। त्यसपछि लगत्तै २४ घन्टामा उनले ल्होत्से हिमाल आरोहण गरेकी थिइन्।
धेरैजसो उनी आफ्ना पति जिम मौरिसनसँगै हिमाल आरोहणका लागि जाने गरेकी थिइन्। मंगलबार मनास्लु आरोहणमा जाँदा पनि मौरिसन उनीसँगै थिए। उनी सोही क्रममा उनको स्कि ब्लेड चिप्लिएर खसेकी थिइन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ