शुक्रबार, चैत्र २७, २०८२

दुई नाबालकसहित एक महिला गण्डक नहरमा बेपत्ता


कान्तिपथ


नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता भएकी छन् ।

जिल्लाको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै नाबालकको अवस्था अज्ञात छ । मंगलबार दिउँसो करिब २ बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश र सात वर्षीय सुमितसहित नहरमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार प्रहरीचौकी कुडिया, इलाका प्रहरी कार्यालय बेलाटारी र स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ ।

हाम फालेर बेपत्ता भएकी महिलाका श्रीमान् हाल रोजगारीका सिलसिलामा भारतमा रहनुभएको छ । घरमा सासूसँगै बस्दै आएकी प्रतिमाले नहरमा हामफाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत