शुक्रबार, चैत्र २७, २०८२

डोल्पामा ड्यूटीमा खटिएका प्रहरी भेरीमा खसेर बेपत्ता


कान्तिपथ


डोल्पा- हिमाली जिल्ला डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ बर्षिया बरिष्ठ हवल्दार जोशिराम रेगामी काईगउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।

बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा जोशीरामले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत