सिरहा- प्रादेशिक अस्पताल सिरहाको जेनरेटर कक्षमा आगो लागेको छ । केहीबेर अघि लागेको आगो अहिले नियन्त्रणमा आएको छ !
अस्पतालमा आगोलागी हुँदा उपचार गर्न भर्ना भएका बिरामीहरू भागभाग गरेका थिए ।
आगोलागीबाटएक जना डायलसिस गर्न अस्पताल पुगेका बिरामीको अवस्था गम्भीर रहेको हाम्रा सिरहा संवाददाता श्यामकुमार ठाकुरले जानकारी दिएका छन ।

आगोलागीबाट सिरहा बयरपाटा गाउँपालिका-२ का प्रदिपकुमार दास घाइते भएका हुन ।
आगोलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ