शुक्रबार, चैत्र २७, २०८२

सडक भासिएको पृथ्वी राजमार्ग १८ घण्टापछि खुल्यो


कान्तिपथ


सडक भासिएका कारण सोमबार अपराह्न ४ बजेदेखि बन्द पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ। सडक भासिएको ठाउँमा ग्याबिन भरेर बन्द भएको १८ घण्टापछि राजमार्ग खुलाइएको हो।

सडक भासिएको केही बेरदेखि ग्याबिन भर्ने काम गरेर १८ घण्टामा सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालय (धादिङ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तु जैयसवालले बताए।

२० मिटरभन्दा बढी भासिएको सडक नेपाल प्रहरी, सुरक्षा बल, नेपाल आर्मी, सबडिभिजन लगायत मिलेर पुननिर्माण गरिएको हो। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलामाथिको मोटरेबल पुल भासिँदा हिजोदेखि यातायात बन्द भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत