शुक्रबार, चैत्र २७, २०८२

पाल्पामा मोबाइल चार्ज गर्दा करेन्ट लाग्दा महिलाको मृत्यु


कान्तिपथ


पाल्पा- पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ३, खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार अपरान्हको साढे ४ बजेको समयमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी गाहाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत