शुक्रबार, चैत्र २७, २०८२

पाँचथरमा आगोलागीमा परी एकजनाको मृत्यु


कान्तिपथ


पाँचथर- पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका वडा नम्बर-१ लाक्सेबुङस्थित एक घरमा आगोलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

लाक्सेबुङ जंगलमा लागेको आगो स्थानीय प्रेम नेम्वाङको घरमा फैलिएर आगो लाग्दा ३२ बर्षिय मन कुमार नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगोलागिबाट प्रेम नेम्वाङको दुईतले घर जलेर नष्ट भएको छ । आगोलागीले निजकै छोरा शारीरिक अपाङ्ग मन कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत