शुक्रबार, चैत्र २७, २०८२

बाढीका कारण ताप्लेजुङको थुङगिम बस्ती जोखिममा


कान्तिपथ


ताप्लेजुङ- बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंगा गाउँपालिका-८ याम्फुदिनको थुङगिम बस्ती जोखिममा परेको छ ।

काबेली नदीमा आएको बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकिको भवन जोखिममा परेका छन् ।

विद्यालय र प्रहरी चौकी नजिकै खोलाले कटान गरिरहेकोले बिहानदेखि स्थानीयले विद्यालयको सामान सारिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले बताउनु भएको छ ।

थुङगिम बस्ती क्षेत्रमा रहेका तारामान गुरुङ, अशोक गुरुङ, मणिकुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।

बिहीबार बेलुका यो क्षेत्रमा सामान्य वर्षा भएपनि राति १० बजेको समयमा खोलामा आएको बाढीले क्षति पुर्‍याएको परिषद् सदस्य राईले जानकारी दिनुभयो । बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो । गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत