शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • ताप्लेजुङमा बाढी र पहिरोबाट १३ घर पूर्ण क्षति ११ वटा उच्च जोखिममा र ९० वटा घर जोखिममा

ताप्लेजुङमा बाढी र पहिरोबाट १३ घर पूर्ण क्षति ११ वटा उच्च जोखिममा र ९० वटा घर जोखिममा


कान्तिपथ


ताप्लेजुङ । ताप्लेजुङमा जेठ मसान्त देखि मङ्गलवार सम्ममा बाढी र पहिरोबाट १३ घर पूर्ण रुपमा क्षति भएको  छ । ११ वटा उच्च जोखिमा र ९० वटा घर जोखिममा रहेको छ । पहिरोमा ३ जनाको मृत्यु, ३ जना बेपत्ता र ३ जना घाइते भएको भएका छन् ।

विपद् व्यवस्थापन समिति ताप्लेजुङका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार सबैभन्दा बढी सिदिङ्वा गाउँपालिकामा क्षति भएको छ । सिदिङ्बा गाउँपालिकाको मेहेले, सुरुम्खिम र आङ्खोपमा ८ घर  सिरिजङ्गा गाउँपालिका वडा ७ खेवाङमा,वडा नं ८ याम्फुदिनमा ३ घर, मैवाखोला वडा नं ३ र वडा नं ४ साँघुमा ३ घर पूर्ण रुपमा क्षति भएको विपद् व्यवस्थापन समितिले बताएको छ । जिल्लाको मिरिङ्देन गाउँपालिकाको ११ वटा घर उच्च जोखिममा रहेको तथ्याङ्क समितिमा छ । सबै भन्दा बढी मिरिङ्देन गाउँपालिकाको २७ घरमा आंशिक क्षति हुँदा मैवाखोलाका २५, सिदिङ्बाका १९, सिरिजंघा १०, पाथीभरा याङवरक र फुङलिङ नगरपालिकाको ४–४ र आठराई त्रिवेणी गाउँपालिकाका १ घरमा क्षति पुगेको छ । 

यता पहिरोमा परी घाइते सिदिङ्वा वडा नं ६ का राजकुमार राईको विराटनगरमा र बिर्खबहादुर लिम्बूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने  मैवाखोलाका भीमबहादुर तामाङ उपचार पछि घर फर्किएको समितिले जनाएका छन् । पहिरोमा बेपता बनेकाको खोजतलास कार्यलाई थप तीव्रता बनाइएको छ  । 

सिदिङ्वा वडा नं ७ मेहेलेमा एकै घरका ३ जना बेपत्ता छन् । जिल्ला विपद् व्यवस्थापन समितिले मङ्गलवारका मितिबाट ३ दिन भित्र बाढी पहिरोबाट बिस्थापितहरुको विवरण सङ्कलन गर्ने समेत प्रजिअ चेम्जोङले बताउनुभयो । 

यता ताप्लेजुङमा ११ वटा झोलुङ्ग र १ वटा मोटरेवल पुलमा पुर्णरुपमा क्षति पुगेको छ ।  सबै भन्दा बढी मैवाखोला गाउँपालिकाका १ काठे सहित पुल ७ वटा झोलुङ्ग पुलमा पूर्णरुपमा क्षति पुगेको हो । २ मोटरेवल पुल आंशिक रुपमा क्षति पुगेको विपत् व्यवस्थापन समितिले जनाएको छ । ७ वटा हाइड्रोपावरमा क्षति पुग्दा धेरै पहिरो प्रभावित धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध बनेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत