शुक्रबार, चैत्र २७, २०८२

इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु


कान्तिपथ


सुनसरी- इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । हिजो दिउँसो कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ बर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्य भएको थियो ।

सरिताकी २२ वर्षिया छोरी अनुष्का घाइते भइ विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा गएराती उनको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

घटनापछि प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छाड्नु परेको थियो भने दुई प्रहरी घाइते भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत