नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत एक अन्तर्वार्तामा आफू ५ हजार फिट माथि हेलिकप्टरबाट झरेको अभिव्यक्ति दोहोर्याएका छन्।
२०५२ सालमा हेलिकप्टर दुर्घटनामा परेको उनले बताएका थिए। सामाजिक सञ्जालमा आइतबार उक्त अनुभव सेयर गर्दै उनले भनेका छन्, ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन। झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ। आश्चर्य लाग्यो। म घाइते थिएँ तर जिउँदो थिएँ।’
उनले मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भएको उनले बताएका छन्। अगाडि उनले भनेका छन्, ‘सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो। मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ