शुक्रबार, चैत्र २७, २०८२

पेप्सीकोला दुर्घटना अपडेट : एकको मृत्यु, २ जनाको अवस्था चिन्ताजनक


कान्तिपथ


काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक वर्ष २७/२८ का पुरुष व्यक्तिको मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी छ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर छ। बा ३ ख ४१४८ नम्बरको बसले एकसाथ तीन सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको हो। उक्त बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र–०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ५८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो। दुर्घटना आज बिहान साढे ७ बजेतिर भएको ट्राफिक प्रहरीले जनाएको छ।

पेप्सीकोला सवारी दुर्घटनाका घाइते-

१. जि.काभ्रे कोशीपारि घरभई हाल मूलपानी बस्ने वर्ष २५ की स्वस्थानी खड्का, हातखुट्टा चिउँडोमा चोट, बोल्न नसक्ने

२. दोलखा घर भई हाल हरहरमहादेव बस्ने वर्ष २५ उषा थापा- हात-टाउको-खुट्टामा चोट, बोल्न नसक्ने।

३. दोलखा भीमेश्वर न.पा. घरभई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती- ढाड र हातमा चोट अवस्था सामान्य

४. उदयपुर गाइघाट घरभई हाल काडाघारी बस्ने वर्ष २३ की कल्पना विक- भित्रि चोट, अवस्था सामान्य

५. मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा- हातमा चोट

तस्बिर : रमेश अधिकारी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत