शुक्रबार, चैत्र २७, २०८२

गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु


कान्तिपथ


काभ्रे- धुलिखेल नगरपालिका वडा न. ११ स्थित (विपि राजमार्ग) पात्लेखेतमा आज बिहान गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

भकुण्डेबेशीबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१ च ८५९२ नं गाडीको ठक्करबाट स्थानीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिएपछि घाइते भएका धिताललाई धुलिखेल अस्पताल लगिएको र निजको उपचारका क्रममा मृत्यु भएको हो ।

धिताल विन्धवासिनी सहकारीमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत