शुक्रबार, चैत्र २७, २०८२

गिट्टी बोकेको ट्रक दुर्घटना: चालक र सहचालकको दुबैको मृत्यु


कान्तिपथ


दाङ- पूर्व पश्चिम राजमार्जस्थित सितगंगा नगरपालिका–८ सातमारामा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रकका चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक चालक चौधरीको जेनिस अस्पताल बुटवलमा मृत्यु भएको हो भने सहचालक कुर्सीको भालुवाङ प्रस्तावित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भालुवाङ राप्ती पुल पारि गेटनेर ना ६ ख २७३९ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले बताएको छ लमहीबाट गिट्टी बोकेर कपिलवस्तु जाँदै गरेको सो ट्रक अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत