काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ जनाको शव प्राप्त भएको छ ।
ति मध्ये १४ जनाको सनाखत भएको छ भने ५ जनाको पहिचान खुल्न सकेको छैन ।
गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस यात्रीसहित पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।
हालसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी,चितवन भरतपुरका सुदिप विक, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ।
यस्तै, रौतहटका अशोककुमार यादव, रौतहटकी अमृता कुमारी, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारीको शव सनाखत भएको छ।
दुवै बसमा गरी ६५ यात्रु रहेकोमा ३ जनाले पौडिएर ज्यान जोगाएका थिए भने अझै ४३ जनाको अवस्था अज्ञात छ ।
नदीमा बेपत्ता बस र यात्रीहरूको खोजीकार्य भइरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ