शुक्रबार, चैत्र २७, २०८२

दुर्घटनामा परी प्रहरी जवानको मृत्यु


कान्तिपथ


काठमाडाैं । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एक जना प्रहरी जवानको मृत्यु भएको छ।

चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको हिजाे साँझ निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई तत्कालै चन्द्रनिगाहपुर स्थित हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए।

मृतकको शव पोष्टमार्टमका लागि पठाईएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत