राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान ले हालै बढाइएको इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईं ले एक साताभित्र मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन सुरु गरिने बताएका हुन्। उनका अनुसार महाअभियानको विद्यार्थी संगठनको अगुवाइमा आन्दोलन सञ्चालन गरिनेछ।
प्रसाईंले विद्यार्थी संगठनहरू आवश्यक नभएको भन्ने धारणा गलत भएको उल्लेख गर्दै सरकारलाई त्यस्ता संगठन खारेज गर्ने प्रयास नगर्न चेतावनी दिए। उनले सानो मूल्यवृद्धिमा पनि विगतमा आन्दोलन हुने गरेको स्मरण गराउँदै अहिले ठूलो वृद्धि हुँदा विद्यार्थी संगठनहरू मौन रहेको आरोप लगाए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ