सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ का घर तथा कार्यालयहरूमा छापा मारेको छ।
सोमबार विभागको टोलीले काठमाडौंस्थित नक्साल र सुन्धारामा रहेका उनका कार्यालय तथा हेटौंडामा रहेको घर र कार्यालयमा एकैसाथ छापा मारेको हो।
ईन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका छन्। छापामार कारबाहीबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ