शुक्रबार, साउन ११, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • ओखलढुङ्गाबाट एमाले अध्यक्षमा उम्मेदवार बनेका विष्टलाई अदालतले दियो पक्राउ गर्न आदेश

ओखलढुङ्गाबाट एमाले अध्यक्षमा उम्मेदवार बनेका विष्टलाई अदालतले दियो पक्राउ गर्न आदेश


कान्तिपथ


ओखलढुङ्गामा एमालेबाट उम्मेदवार बनेका मिलन कुमार विष्टलाई अदालतले पक्राउ गर्न आदेश दिएको छ । लिखु गाउँपालिकामा उम्मेदवार बनेका विष्टविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको हो ।

जिल्ला अदालत भक्तपुरबाट ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका ओखलढुङ्गाका एक अधिकृतले जानकारी दिएका छन् ।

विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको बारे जाहेरी पनि परेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय र मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ ।

विष्ट विरुद्ध दोहोरो नागरिकता सम्बन्धी कसुरमा जाहेरी आएको र त्यसबारे अनुसन्धान भइरहेको ओखलढुङ्गाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत