शुक्रबार, चैत्र २७, २०८२

कान्तिपथ : राति दश बजेकाे दश समाचार


कान्तिपथ


आज आइतवार, साउन २७ गते २०८१ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम कान्तिपथ डटकमले प्रकाशित गरेका दश समाचारहरू यस प्रकार रहेका छन् :

  • पूर्वमन्त्री र प्रहरीसहित ११ जुवाडे पक्राउ

एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा शनिबार साँझ कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार हुन् ।

  • ५२ जिल्लामा हिन्दुमाथि २०६ हमला

बंगलादेशमा बढ्दो हिंसाबिच हिन्दु समुदायमाथि आक्रमण बढ्दै गएको छ ।

हालसम्म देशका ५२ जिल्लामा हिन्दुमाथि आक्रमणका २०६ घटना सार्वजनिक भएका छन् ।

  • डाक्टरको बलात्कारपछि हत्या

भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ।

कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो। हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन्।

उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन्।

  • पहिरोले ५० परिवारको बिचल्ली

बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।

हालैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुन सकेको छैन। बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ ।

  • ओली र मिस्रीको भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा शिष्टचार भेटबार्ता भएको हो। उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आईपुगेका हुन् ।

  • नाङ्गै सुत्नु

अहिले काठमाडौं लगायत नेपालका अधिकाशं स्थानमा गर्मी बढ्न थालेको छ । गर्मी बढ्दा हामी पातला कपडा लगाउँछौं । फङ्खाको प्रयोग गर्छौ । यो त भयो दिउँसोको कुरा । राति पनि पङ्खा प्रयोग गर्न सकिन्छ । तर कपडा लगाएर सुत्दा फाइदा हुन्छ की नलगाएर सुत्दा ।

गर्मीको मौसममा प्राय राति सुत्ने बेला मानिसहरु पातलो कपडा लगाउने गर्दछन् । तर एक अध्ययनले गर्मी होस् या जाडो दुवै मौसममा राती सर्वाङ्ग नाङ्गै सुत्दा शरीरलाई धेरै फाइदा हुने निष्कर्ष निकालेको छ ।

  • बेरूजु ८४ करोड

रुपन्देहीको पुरानो नगरपालिका सिद्धार्थनगरको बेरुजू ८४ करोड माथि पुगेको छ ।

आर्थिक वर्ष २०७९।८० मा मात्रै १० करोड ८९ लाख ०७ हजार ३३ बेरुजु देखिएको छ । कार्यालयमा सैद्धान्तिकतर्फ ५७ वटा र लगतीतर्फ ४१ वटा शिर्षकमा असुल गर्नुपर्ने ८७ लाख ८० हजार ९६, प्रमाण कागजात पेस गर्नुपर्ने ४ करोड २२ लाख ३ हजार ५५९, नियमित गर्नुपर्ने ४ करोड ६४ लाख ८४ हजार ४२७, सोधभर्ना नलिएको १ लाख ३९ हजार ४६२ र पेश्की १ करोड १३ लाख ८९ हजार ४४९ रहेको महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदनमा देखिएको छ ।

  • चल्न थाल्यो इन्ष्टाग्राम

टर्कीमा इन्ष्टाग्राम चल्न थालेको छ ।

सरकारले देखाएका चासो र चिन्ताहरूलाई कम्पनीले सम्बोधन गर्छु भनेपछि टर्की सरकारले ९ दिनपछि उक्त सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाएको हो ।

  • सहकारीबाट ठगिए

सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हाे ।

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।

  • राई मिस मंगोल घोषित

‘मिस मंगोल नेपाल २०२४’ को उपाधि खोटाङकी २३ वर्षिया एन्जल राईले जितेकी छन् ।

उपाधिसहित १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी एन्जलले अब प्रभु बैंक, नेपाल आदिवासी जनजाति महासंघ, रिडी ग्रुप लिमिटेड एवं नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसर समेत पाएकी छन् ।

एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फष्ट रनर अप र बाराकी शाहिशा राईले ‘मिस मंगोल मधेस’ सहित सेकेन्ड रनर अपको उपाधि चुम्न सफल भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत