बिहिबार, माघ ३, २०८१

रुसले विमान दुर्घटनाका दोषीलाई सजाय देओस् : अजरबैजान


कान्तिपथ


काठमाडौँ । अजरबैजानले रुसले आफ्नो विमान दुर्घटनामा जिम्मेवार व्यक्तिहरूको पहिचान गरी सजाय दिने आश्वासन दिएको बताएको छ ।

अजरबैजानले डिसेम्बर २५ मा कजाकस्तानमा क्र्यास ल्यान्डिङ गर्नुअघि रुसी वायु सुरक्षाले निशाना बनाएको बताएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार अजरबैजानका अभियोजक जनरलले एक विज्ञप्तिमा भनेका छन्, ‘रसियाले बाकुलाई दोषीहरूको पहिचान गर्न र उनीहरूलाई आपराधिक सजायको दायरामा ल्याउन गम्भीर प्रयास भइरहेको छ’ भन्ने जानकारी दिएको छ ।’

यस दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । दुर्घटनाको समयमा, अजरबैजान एयरलाइन्सको एम्ब्रेर विमान तीव्र गतिमा ओर्लिएको थियो र अक्ताउ विमानस्थलको धावनमार्गबाट ​३ किलोमिटर टाढा आगलागी भएको थियो ।

दुई दिनअघि शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग विमान दुर्घटनाका लागि माफी मागेका थिए तर जिम्मेवारी भने लिएका थिएनन् ।

अलिएभले मस्कोले दुर्घटनामा आफ्नो संलग्नता लुकाएको आरोप लगाए । अलिएभले पुटिनको माफी स्वीकार गरे पनि उनले रुसले आफ्नो दोष स्वीकार गरी क्षतिपूर्ति दिनुपर्ने बताए ।

अजरबैजानको सरकार समर्थक वेबसाइटले विमानलाई रुसी मिसाइलले खसालेको दाबी गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत