आइतवार, बैशाख ८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • तीनकुनेमा राजावादी प्रदर्शन उग्र: सुरक्षाकर्मीको बन्दुक खोसियो, मिडिया हाउसमाथि आक्रमण

तीनकुनेमा राजावादी प्रदर्शन उग्र: सुरक्षाकर्मीको बन्दुक खोसियो, मिडिया हाउसमाथि आक्रमण


गणेश विक


काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै गरिएको प्रदर्शन उग्र बन्दै गएपछि तीनकुने क्षेत्रमा स्थिति तनावग्रस्त बनेको छ। भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीको बन्दुकसमेत प्रदर्शनकारीले खोसेका छन्।

राजावादी समूहको प्रदर्शन चर्किंदै गएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो।

प्रदर्शन बिथोलिएपछि केहीबेरमै नजिकैको एक घरमा आगजनी भएको थियो। आगो निभाउन पुगेको दमकलमाथि मात्र होइन, एम्बुलेन्समाथि समेत ढुंगा प्रहार भएको छ।

सुरक्षाकर्मी घाइते, महिला सशस्त्र प्रहरीको टाउको फुट्यो

झडपका क्रममा एक महिला सशस्त्र प्रहरी घाइते भएकी छन्। प्रदर्शनकारीले गरेको आक्रमणमा परेर उनको टाउको फुटेको छ। अन्य सुरक्षाकर्मीहरू पनि घाइते भएको प्रारम्भिक जानकारी आएको छ।

मिडिया हाउसमाथि पनि आक्रमण

राजावादी प्रदर्शनकारीहरूले कान्तिपुर टिभी र अन्नपूर्ण मिडिया हाउसमाथि समेत ढुंगामुढा गरेका छन्। सुरक्षाकर्मीहरू अहिले यी मिडिया संस्थाहरूको सुरक्षा गर्न तैनाथ भएका छन्।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षा बल परिचालन
तीनकुनेमा अझै पनि अवस्था तनावपूर्ण छ। स्थिति नियन्त्रणमा लिन थप सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।

प्रदर्शन हिंसात्मक बनेपछि राजधानीका विभिन्न भागहरूमा सुरक्षा सतर्कता बढाइएको छ। घटना अनुसन्धान भइरहेको छ भने, तोडफोड तथा आक्रमणमा संलग्नहरूमाथि कानूनी कारबाही हुने बताइएको छ।

सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई तीनकुने क्षेत्रमा अनावश्यक भीडभाड नगर्न अनुरोध गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत