बुधबार, बैशाख ९, २०८३

नैतिकताको आधारमा गृहमन्त्री गुरुङको राजीनामा


कान्तिपथ


सुधन गुरुङ ले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारीसँग सेयर लगानीसम्बन्धी विषयमा उठेका सार्वजनिक प्रश्नहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा पद त्यागेको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले आजकै मितिदेखि लागू हुने गरी पद छाडेको जानकारी दिएका छन्। चैत १३ देखि गृह प्रशासन सम्हाल्दै आएका गुरुङले सार्वजनिक जीवन स्वच्छ, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्।

उनले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास महत्वपूर्ण हुने उल्लेख गर्दै आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे। साथै, पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ देखिन नदिन यस्तो निर्णय लिएको बताएका छन्।

गुरुङले जेनजी आन्दोलनले सुशासन र पारदर्शिताको सन्देश दिएको उल्लेख गर्दै त्यसप्रति आफू प्रतिबद्ध रहेको बताएका छन्। साथै, सञ्चार क्षेत्रतर्फ संकेत गर्दै नैतिकताको प्रश्न सबै क्षेत्रमा उठ्नुपर्ने धारणा पनि राखेका छन्।

अन्त्यमा उनले आम नागरिक र विशेषगरी युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत