मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • रिंकु सदा प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप ४ जना पक्राउ

रिंकु सदा प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप ४ जना पक्राउ


गणेश विक


राजेन्द्र महतो, सिरहा। सिरहाको नवराजपुर गाउँपालिका- ०१ भगवतिपुरकी रिंकु कुमारी सदाको सामुहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा पन्चयतीमा संलग्न वडा सदस्यसहित थप ४ जना पक्राउ परेका छन् ।

थप समाचार

१७ वर्षीया किशोरीको शंकास्पद मृत्यु : एसएसपी  नेतृत्वमा छानबिन समिति गठन

प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई भारतमा पक्राउ गरी नेपाल ल्याउन लागेको स्रोतले जनाएको छ ।

यी सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन्।

पक्राउ परेका व्यक्तिहरूलाई आज तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यसअघि, प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डल र पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो।

पीडित परिवारले कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा आठ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरेका थिए।

नवराजपुर गाउँपालिका -१ भगवतीपुरकी १७ वर्षीया रिंकु गत माघ २९ मा मृत फेला परेकी थिइन् ।

माघ २७ मा सामुहिक बलात्कृत भएकी उनलाई घटना बाहिर नलग्न पंचायतमार्फत दबाब दिएको थियो ।

त्यसको विहानपल्टै रिंकु घरमै मृत फेला परेकी थिइन् ।

गत माघ २७ गते साँझ शौच गर्न निस्केको बेला रिंकुलाई छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामुहिक बलात्कार गरेको आरोप छ ।

उनी तीनैजना र पंचायत गर्ने ५ अगुवामाथि पीडित परिवारले कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत