बुधबार, फाल्गुन ६, २०८२

आयुष्मानको श्रीमतीलाई फेरी क्यान्सर

मुम्बई । एकातिर हिना खान आजकाल स्तन क्यान्सरसँग जुधिरहेकी छिन् । यसैबिच, अब आयुष्मान खुरानाकी पत्नी तथा लेखक निर्देशक ताहिरा कश्यपले दोस्रो पटक क्यान्सर भएको बताएकी छिन् ।  उनले यो दुखद खबर इन्स्टाग्राममार्फत बताएकी हुन् । ताहिराले आफू फेरि क्यान्सरबाट पुनः पीडित भएको पुष्टि गरेकी छिन् । यसअघि पनि आयुष्मान खुरानाकी श्रीमतीलाई स्तन क्यान्सर भएको थियो । उनको पूर्ण उपचार भइसकेको थियो । उनले हरेक वर्ष क्यान्सर दिवसमा मानिसहरूलाई सचेत गराउँदै आएकी छिन्। चिकित्सकले उनलाइ नियमित परीक्षणलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन । र, उनले आफू अझै बलियो रहेकोसमेत बताएकी छिन् । यसका विरुद्ध...

Continue reading

चैत १५ को घटना दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ। सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले आज ५ बुदेँ निर्देशन दिएको हो। १. काठमाण्डौको तीनकुनेमा यही चैत्र १५ गते शुक्रबारको दिन राजावादीहरुले विरोध प्रदर्शनको नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसप्रति राज्य व्यवस्था तथा सुशासन समितिको यो बैठक खेद प्रकत गर्दछ। उक्त घटनाका दोषीहरु उपर आवश्यक छानविन गरी कानूनी कारवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन गर्दछ। २. काठमाण्डौंको...

Continue reading

पोखराबाट आज चीनको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् । चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर रु ६२ हजार तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । उनले पोखरा–छेन्दु उडान यहाँको पर्यटकीय विकासमा...

Continue reading

मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक शुरु हुदा सरकारका कुनै पनि मन्त्रीहरु उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको आरोप लगाउदै मन्त्रीहरूको उपस्थिति नभएको सभामुखलाई ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

Continue reading

७५ जना प्रहरी नायव उपरीक्षक पदमा बढुवा (सूचिसहित)

काठमाडौँ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिइन् ।

Continue reading

अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने २ जना पक्राउ

काठमाडौं । अनलाइन जुवा सट्टावाजी गर्नेरगराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाँउपालिका-९ घर भई काठमाडौं बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् । बेटिङ एप्लिकेशन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत Mantra108 नामक वेवसाइट मार्फत जुवा (सट्टावाजी) गर्नेरगराउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने लगायतका गैर कानूनी कार्यहरू भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान...

Continue reading

म्याग्दीको मुनामा सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो

म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् । धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्बिर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गरेका थिए । साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा...

Continue reading

पाठेघरको मुखमा हुने क्यान्सरबाट प्रत्येक दिन ४ जनाको मृत्यु

आगामी माघ २३ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिए । उनका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य...

Continue reading

अवैध लागूऔषधसहित ८ जना पक्राउ

बर्दिया। बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ डाँफे बस्ने २० वर्षीय करण क्षेत्री र सोही गाउँपालिका-१ गुरुङ्ग टोल बस्ने २८ वर्षीय बिजय घर्ती रहेका छन् । प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके समेतबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-११ बिष्णु चोकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ६४ ट्याब्लेट र स्पास्पेन ६४ ट्याब्लेट सहित...

Continue reading

काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित १ जना पक्राउ

कृष्णनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए । चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा सङ्लग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

Continue reading

अस्पतालको शौचालयबाट कैदी फरार

झापा । झापामा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह छन् । प्रहरीका अनुसार भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । उपचाररत साहलाई आज बिहान ३: ४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ । छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको...

Continue reading

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

काठमाडौँ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकार आफैंविरुद्धको अविश्वासको प्रस्तावलाई पराजित गर्न सफल भएको छ । क्यानडाको संसदमा छलफलपछि ल्याइएको अविश्वासको प्रस्ताव २११ विरुद्व १२० मतले पराजित भएको थियो । तर विपक्षी कन्जरभेटिभ सांसदहरूले मंगलबार फेरि एकपटक अविश्वास प्रस्ताव ल्याउने घोषणा गरेकाले ट्रुडोको समस्या आगामी दिनमा कम हुने देखिएको छैन । कन्जरभेटिभ सांसदहरूले ट्रुडोको सरकार बढ्दो मुद्रास्फीति, आवास संकट र व्यापक अपराध नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन् । पछिल्लो नौ वर्षमा ट्रुडोको लिबरल सरकारको लोकप्रियता घटेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । टोरी...

Continue reading

भरूवा बन्दुकसहित पक्राउ

सुर्खेत । चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मानबहादुरको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Continue reading

विश्वविद्यालयका पदाधिकारीमाथि सांघातिक आक्रमण हुनथालेपछि शिक्षामन्त्रीले मागिन सुरक्षा

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षा बढेको भन्दै सरक्षाको प्रबन्ध मिलाउन शिक्षामन्त्रीसँग माग गरेकी छिन् । उनले सामाजिक संजालमार्फत गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन माग गरेकी हुन । गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत गृह मन्त्रालयलाई अनुरोध गरेकी छन् ।उनले लेखेकी छन्–ि‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ’ मन्त्री...

Continue reading

यस्तो छ तपाईंको आजको राशिफल

मेष : समय शुभ फलदायक छ । राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा होला । वृष : समय अनुकूल देखिँदैन । रोगको भय, कार्यमा बाधा, व्यर्थको खर्च, धन हानि हुन सक्छ । मिथुन : दिन उत्तम फलदायक छ । धनलाभ, प्रेममा सफलता, बाहन प्राप्तिको सम्भावना देखिन्छ । कर्कट : शुभ समय आएकाले आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, पारिवारिक सुख होला । सिंह : दिन उत्तम छ । कार्य सफल, धनलाभ, सुख–सन्तोष, राम्रै कामको शुरुवात हुने देखिन्छ । कन्या : दिन अनुकूल देखिँदैन । पेटमा समस्या, दिनचर्या अस्तव्यस्त हुन सक्छ, सजग रहनुस् । तुला : समय शुभ फलदायक छ । आर्थिक...

Continue reading

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल (२४ क्यारेट) सुनको मूल्य घटेर कारोबार भएको छ । आज एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको थियो । यसदिन २२ क्यारेट सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

Continue reading

चाइना उडे अख्तियार प्रमुख

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई चीनकाे यात्रामा जानुभएकाे छ । राई आज बिहान हिमालयन एयरलाइन्सको उडानबाट ल्हासा प्रस्थान गरेकाे हो । उक्त एयरलाइन्सको उडान नम्बर एच ९७७४ मा प्रमुख आयुक्त राई, भद्रकुमारी राई शेर्पा, लोककुमारी शेर्पा र तारा थापा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको जनाएकाे छ ।

Continue reading

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

महोत्तरी । साउन लागेपछि महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । साउन लागेदेखि सात लाखको चुरापोतेको व्यापार भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा सात लाखको चुराको व्यापार भएको उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए । यसअघिका वर्षमा पनि साउनमा मात्रै ३० लाख बढीको चुरापोतेको व्यापार हुने गरेको उनले बताए । सदरमुकाम जलेश्वरमा लाग्ने गरको चुरापोते बजार, शृङ्गार पसल तथा लहेरी (चुरा बेच्ने) महिलाले गाउँगाउँ गएर बेच्ने स्थानमा...

Continue reading

विज्ञापन खुलेको ३ वर्षपछि परीक्षा लिँदै त्रिवि सेवा आयोग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन गरेको ३ सालपछि लिखित परीक्षाका लागि सूचना निकालेको छ। आयोगले २०७७ सालमा खुला गरेको उपप्राध्यापक पदको लिखित परीक्षाका लागि आज एक सूचना निकालेको हो। आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको थियो। उक्त स्थगित भएको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सञ्चालन गर्न सूचना निकालेको हो। प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुनेछ आयोगले जनाएको छ। अन्य अध्ययन संस्थान र सङ्कायसँग सम्बन्धित...

Continue reading

विदेशी मुद्रा विनिमय दर : डलर स्थिर,युरो र पाउण्डको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९७पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा छ। युरो र पाउण्डको भाउ घटेको छ । यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Continue reading

दुर्गा प्रसाईंको कार्यक्रममा ज्ञानेन्द्र पनि पुगे !

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर) पनि सहभागी भएका छन् । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनपछि आयोजना हुने कार्यक्रमलाई राप्रपा प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक शाहीले पनि सम्बोधन गर्नेछन् । जिल्ला प्रशासन कार्यालयले प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थान तोकिदिएको छ । प्रसाईं समूहको कार्यक्रमलाई काउन्टर दिन एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियुले पनि संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । युवा संघ र अनेरास्ववियुलाई...

Continue reading

बजेटमा गाँजा खेतिको विषय राखेको भन्दै ओलीको विरोध

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमा गाँजा खेतीबारे अध्ययन गर्ने भनेर ल्याएको प्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटबारे बोल्दै उनले औषधीका लागि एक दुई बोट गाँजा लाउने जनतालाई जेल हाल्ने नियत देखिएको आशंका व्यक्त गरे । ‘कसले गर्न खोज्दैछ गाँजा खेती अचम्म लाग्छ । गाँजा खेती कसलाई चाहियो? कसले गर्न खोज्दैछ ? कसैले गर्न खोजेको छ गाँजा खेती यहाँ । कतिपय माननीयज्यूहरुलाई परेको होला हाम्रो गाउँमा गाँजा हुन्छ त्यसबाट कतिको जीविका चलेको छ । यो नियन्त्रित, नियोजित गाँजा खेतीको कुरा गरेको हो’, उनले भने, ‘यो चलेपछि त्यसले सरकारसँग माग गर्छ । लाइसेन्स नलिएको गाँजा...

Continue reading

चौधरीको मुद्धा भट्टराईले हेर्दै

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीविरुद्ध दायर रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ। टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर चौधरीलाई सरकारले झन्डै १५ वर्ष कैद मिनाहा गर्दै आममाफी दिएपछि सर्वाेच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ भट्टराईको इजलासमा परेको हो। पेशी २५ औँ नम्बरमा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने कम छ। घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो। हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत