आइतवार, जेष्ठ ३१, २०८३
Mar 23, 2022

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ

९ चैत ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ ।२० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो ।हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार प्राप्त भएको छ ।भूकम्पका धक्काहरुका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ । प्रभावित क्षेत्रहरू, र हुआलिन …

Mar 23, 2022

खुसी हुने पहिलो ढोका शिक्षा हो : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताउनुभएको हो । उहाँले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदै…

Mar 23, 2022

काठमाडौंको शंखमुलमा खुकुरी हानाहान

युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Mar 23, 2022

यस्तो गोप्य अडियो बाहिरिएपछि एमालेका प्रदेश सदस्य कांग्रेस प्रवेश (अडियोसहित)

नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुँमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले हुँमागाईंसहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरेका छन् । कांग्रेस प्रवेश गरेका हुँमागाईं काभ्रे एमालेको क्षेत्र नम्बर २ का पूर्व अध्यक्ष हुन् । उनीसँगै तत्कालीन काभ्रे गाविसका अध्यक्ष साधुराम बडाल तथा उपाध्यक्ष कृष्णबहादुर बस्नेत, धुलिखेल नगरपालिकाका पूर्व वडा अध्यक्षद्वय निराजन जंगम र दामोदर तिमिल्सिना पनि कांग्रेसमा प्रवेश गरेका छन् । https://www.youtube.com/watch?v=wjCAkzbtvKg कांग्रेसले…

Mar 23, 2022

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

९ चैत अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ ।सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ । छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्ध गरियो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन । छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएकाहरु अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुखि भएका छन् । छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहु…

Mar 23, 2022

संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ : प्रधानसेनापति

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताउनुभएको छ । यहाँस्थित ५ नं वाहिनी राजपुर ब्यारेकमा आज आयोजित भूतपूर्वसैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्दै आएको स्पष्ट पार्नुभयो । सेनाले अघिल्लो वर्षदेखि पृतना संरचनालाई परिवर्तन गरी कमान्ड अवधारणालाई अघि बढाएको थियो । प्रधान सेनापति शर्माले भन्नुभयो, “संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ । सेनाले भूपूलाई माटो र समाज सुहाउँदो क्रियाकलाप गर्न कल्याणकारी …

Mar 23, 2022

फिस्टुला रोगको उपचार निःशुल्क

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ । यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ । बिरामीले निःशुल्क उपचार पाउन थालेका छन् भने कार्यविधिमा कुरुवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेस गरिएकोे मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसूति हुने समयमा लामो व्यथा लाग्नु वा सामान्य सुत्केरी हुन नसक्ने अवस्थामा बल परेर पिसाब थैली वा मलाशयमा दबाब परेर प्वाल प…

Mar 23, 2022

मन्त्री आले र भारतीय अभिनेता सलमान खानबीच भिडियो सम्वाद हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ । भारतीय अभिनेता खान आगामी जेठ १८ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउन लाग्नुभएको हो । सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो सम्वाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जनाएको छ । अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग सम्वाद गर्नुहुने कार्यक्रम तय भएको हो । दुई वर…

Mar 23, 2022

कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने

कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उहाँलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । उहाँ गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा, ३ बजेदेखि सांस्कृतिक कार्यक्रम, ४ बजे नारायणी नदी …
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत