आइतवार, जेष्ठ ३१, २०८३
Feb 24, 2022

युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ।‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।

Feb 24, 2022

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

१२ फागुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका टर्कीस् समकक्षी रिसेप तैयप एर्दाेगानबीच फोनवार्ता भएको छ । उहाँहरुबीच बुधबार फोनवार्ता भएको मस्कोले जनाएको छ । उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा विकसित परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । रुस र युक्रेनकाबीचमा पछिल्लो समयमा विवाद उत्पन्न भएको छ । युक्रेनको पूर्वी भागमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ ।अमेरिकासहितका पश्चिमा देशहरुले रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन् । रुसी राष्ट्रपति पुटिन र टर्कीस राष्ट्रपति एर्दाेगानबीच युक्रेनका विषयमा वार्ता केन्द…

Feb 24, 2022

पुटिनद्वारा युक्रेनलाई ‘असैनिकीकरण’ गर्न ‘सैन्य अभियान’ घोषणा गरेको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गर्नुभएको विभिन्न सञ्चार माध्यमले बिहीबार उल्लेख गरेका छन् ।आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताउँनु भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही घण्टापछि यो घोषणा आएको हो।रूसी भाषामा पठाइएको भावनात्मक अपीलमा जेलेन्स्कीले भन्नुभएको छ, “तपाईलाई भनिएको छ कि युक्रेन रूसको लागि खतरा हुन सक्छ तर यो विगतमा पनि यस्तो थिएन, अहिले पनि त्यस्तो छैन र भविष्यमा पनि हुने छैन। …

Feb 24, 2022

एमसीसीको विपक्षमा मतदान गर्न ह्विप जारी गर्छौं : झलनाथ खनाल

काठमाडौँ — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गरेका छन् । नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीबारे छलफल भएको हो । छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिनासंशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान …

Feb 24, 2022

साउदीमा नेपाली अलपत्र: डेढ महिनादेखि रगत वान्ता गर्दै, कम्पनीको बेवास्ता !

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएका धादिङ्गका ३१ वर्षीय टिका बहादुर तामाङ्ग अलपत्र परेका छन् । साउदीमा विरामी भएर अलपत्र परेका तामाङ्गले कम्पनीले उपचार नगरेको भन्दै उद्दारको लागि हारगुहार गरेका छन् । कान्तिपथलाई अडियो म्यासेज पठाएर उनले उद्दारमा सहजीकरण गर्नका लागि भनेका हुन् । अडियोमा उनले आफु बिरामी भएको र लगातार रगत वान्ता गर्ने गरेको बताए । उनका अनुसार उनलाई कम्पनीले हेरचाह गरेको छैन । नेपाल पठाऊ भन्दा कम्पनीले नपठाएको उनले गुनासो गरे । डेढ महिनादेखि मुटु दुखेर आफुले रगत वान्ता गर्न थालेको उनले बताएका छन् । उनले जसरी भएपनि आफुलाई उद्दारका लागि पहल गरिदिन भनेका छन् । डेढ लाख खर्…

Feb 24, 2022

ब्राजिलमा बाढीबाट २०४ जनाको मृत्यु

१२ फागुन ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २०४ पुगेको स्थानीय अधिकारीले बुधबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ५१ अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यस दिनको बर्षा सन् १९३२ पछिको सबैभन्दा बढीे थियो । वर्षाका कारण यहाँ…

Feb 24, 2022

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पार्नुभयो । “सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ”, उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले एमसिसी…

Feb 24, 2022

बागलुङको बलेवा विमानस्थल : धावनमार्गको कालोपत्र जारी

लामो समयदेखि कालोपत्रको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् । अहिले विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रको काम फागुन मसान्तभित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा …

Feb 24, 2022

युक्रेनमा संकटकालको घोषणा

१२ फागुन युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो ।युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ । बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५० जना सांसदहरुमध्ये ३३५ जनाले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरेका थिए ।पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सु…
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत