सोमवार, कार्तिक २४, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • हिंसा भड्काउने मुख्य आरोपी दुर्गा प्रसाई जोगीको भेषमा फरार, पक्राउ गर्न प्रहरीको विशेष टोली सक्रिय

हिंसा भड्काउने मुख्य आरोपी दुर्गा प्रसाई जोगीको भेषमा फरार, पक्राउ गर्न प्रहरीको विशेष टोली सक्रिय


गणेश विक


​काठमाडौं । ​काठमाडौंमा हालै भएका हिंसात्मक घटनाहरूमा संलग्न रहेको आरोपमा राजसंस्था पुनःस्थापन समिति (रापुस) का कमाण्डर दुर्गा प्रसाईं जोगीको भेषमा फरार भएका छन् ।

शुक्रबार तीनकुनेमा भएका हिंसात्मक घटनाहरूका मुख्य योजनाकार मानिएका प्रसाईं, उनका धर्मगुरु पुष्कर खतिवडाको इमाडोलस्थित घरमा देखिएका थिए। त्यसपछि उनी जोगीको भेषमा फरार भएको स्रोतले बताएकाे छ।​

प्रहरीले प्रसाईंलाई पक्राउ गर्न तीनवटा विशेष टोली गठन गरेको छ। इमाडोलमा देखिएपछि बेपत्ता भएका प्रसाईंको खोजी विभिन्न स्थानमा गरिएको छ, तर हालसम्म फेला पार्न सकिएको छैन। यसै क्रममा, पुष्कर खतिवडालाई भने प्रहरीले इमाडोलबाट ट्याक्सीमा भाग्न लाग्दा पक्राउ गरेको छ।​

यसअघि, प्रसाईंलाई विभिन्न आरोपहरूमा पक्राउ गरिएको थियो। मंसिर २७ गते काठमाडौं जिल्ला अदालतले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

तर, धरौटी बुझाएलगत्तै उनलाई अदालत परिसरबाटै पुनः पक्राउ गरिएको थियो। प्रसाईंमाथि भारतीय गुन्डा नाइकेको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ। ​

प्रसाईंको खोजी कार्य जारी रहेको छ, र प्रहरीले उनलाई चाँडै पक्राउ गर्ने प्रयास गरिरहेको छ।

साथै, हिजाे मात्रै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले नेपाल प्रहरीको साइबर ब्युरोमा प्रसाईंविरुद्ध उजुरी दिएका हुन्।

तीनकुने क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु आदेश जारी

तीनकुनेमा हवाई फायर, आगजनीपछि स्थिति थप तनावग्रस्त

अराजक गतिविधि गर्ने राप्रपा नेता रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत