बिहिबार, बैशाख १३, २०८१

Post Flag: Feature

माओवादीले ६ महिना अघि नै सुरु गरेको थियो नि:शुल्क शववाहन, एम्बुलेन्स र मलामी बस

जेविन सर्वहारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ स्थित महिलाहरुका लागि नि:शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएपछि देशभर त्यसको चर्चा भैरहेको छ। तर लामिछानेले भन्दा ६ महिना अगाडी नै यस्तै प्रकृतिको काम नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघले बिराटनगरमा सुरुवात गरेको थियो । गत वैशाख १० गतेको उपनिर्वाचनबाट विजयी भएको १०० दिन पुगको अवसरमा उनले नि:शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका हुन्। उनले भरतपुर महानगरपालिकाको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर उक्त सेवाको सुरुवात गरेका हुन्। ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का...

Continue reading

प्रहरीमा ३० वर्षे सेवाहद हट्दै

अर्थ मन्त्रालयले नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउन सहमति दिएको छ । गृह मन्त्रालयले अघि बढाएको संघीय प्रहरी ऐनको मस्यौदामा अर्थले आफ्नो राय दिएको हो । अर्थ मन्त्रालयको दुई पेज लामो रायमा सेवाहदको विषयमा सर्त राखेको गृह मन्त्रालयले जनाएको छ । गृहले मस्यौदामा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको पनि राय लिई मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । सेवाहद हटाउने विषय केही वर्षयता प्रहरीमा बहसको विषय छ । सेवाहदका कारण अनुभवी उच्च प्रहरी अधिकारीले औसतमा ५५ वर्षकै उमेरमा अवकाश पाउने र यसबाट राज्यलाई समेत दोहोरो भार परेकाले हटाउनुपर्ने माग हुँदै आएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले...

Continue reading

प्रचण्डले अशोक स्तम्भ बेच्छ भन्ने ल्यारक्यालको लुम्बिनीको उपाध्यक्ष बन्न दौडधुप (भिडियो) !

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल सोमबारदेखि सकिएसँगै सो पदका लागि आकांक्षीहरुको दौडधुप बढ्न थालेको छ । कोषको उपाध्यक्षमा त्रिपाठी २०७५ सालमा नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल सकिएसँगै नयाँ उपाध्यक्षका लागि दौडधुप सुरु भएको हो । उपाध्यक्ष बन्न स्थानीय भिक्षुदेखि पूर्व पदाधिकारीसम्मको नाम चर्चामा छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था छ । अहिले अर्थ राज्यमन्त्री तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य ल्यारक्याल लामा, गायिका आनी छोइङ डोल्मा, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय),...

Continue reading

बालुवाटार काण्डमा जोडिएका ठुला ब्यापारी समात्ने सरकारको तयारी !

१९८६ सालदेखि ८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको बालुवाटारको २९९ रोपनी जग्गा र त्यहाँ निर्मित दरबार आजभोलि ‘ललिता निवास’ भनेर चर्चित छ । मालपोतको अभिलेखअनुसार उक्त जग्गा भीमशमशेरले १९८८ सालमा खरिद गरेका हुन् । ललिता निवास भीमशमशेरले छोरा हिरण्यशमशेरलाई अंश दिए । पछि हिरण्यशमशेरबाट उनका छोरा सुवर्णशमशेरमा हस्तान्तरण भयो । सुवर्णशमशेरले २०१७ असार २९ गते श्रीमती श्वेतप्रभाका नाममा ५८ रोपनी तथा तीन छोरा कनक, काञ्चन र रुक्मशमशेरलाई ५७ रोपनीका दरले ‘हालैको बकसपत्र’ गरिदिए । बाँकी ६१ रोपनी ११ आना जग्गा आफ्नै नाममा राखे । यसबाहेक...

Continue reading

१०० किलो सुन काण्डमा नाम जोडेकोमा ओलीको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयमले सबैको ध्यान अन्त मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर । यो अत्यन्तै अनैतिक हो । गृहमन्त्रीको कृयाकलाप गैर जिम्मेवार हो...

Continue reading

सय किलो सुनको अनुसन्धान एसपीको काँधमा !

हङकङबाट भित्रिएको करिब सय किलो तस्करीको सुन प्रकरण अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले प्रहरीसँग सहयोग मागेको छ। राजस्व अनुसन्धान विभागले उक्त प्रकरण अनुसन्धानका लागि सहयोग माग गर्दै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो। राजस्वको अनुरोध पछि प्रहरी प्रधान कार्यालयले एक जना एसपीलाई खटाएको छ। सोमबार एसपी कृष्णप्रसाद पंगेनीलाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बताए। एसपी पंगेनी प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए। उनी त्यसअघि महोत्तरी जिल्ला इन्चार्ज थिए भने उपत्यका अपराध अनुसन्धान ब्यूरो मिन भवनमा पनि काम गरेका थिए। यसअघि उक्त सुन प्रकरण राजस्व...

Continue reading

एयरपोर्टको सिसिटिभी मलहोत्राको मुट्ठीमा !

त्रिभुवन विमानस्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) मा आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ। विमानस्थल बाहिर र भित्रका गतिविधि हेर्न जडान गरिएका सिसीटिभीको मुख्य नियन्त्रण कक्ष उक्त ग्रुपको नियन्त्रणमा रहेको पाइएको हो। सिसिटीभीमा कैद हुने गतिविधिमा सिधै सो कम्पनीका कर्मचारीको पहुँच छ। पछिल्लोपटक विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि त्यहाँको सुरक्षा जाँच प्रणालीमा गम्भीर चासो उत्पन्न भएको छ। उक्त सुन बरामद भएपछि त्यहाँको सबै वस्तुस्थितिबारे जानकारी लिन राजस्व अनुसन्धान विभागले सिसिटिभीका फुटेज संकलन गरेर अध्ययन गरिरहेको छ।...

Continue reading

नेपाल प्रहरीको इन्सपेक्टरमा बढुवाका लागि ६४ वरिष्ठ सईको नाम सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिले जनपद समूहतर्फको प्रहरी निरीक्षक पदमा ६४ जनाको सिफारिस गरेको हो। ६४ जनामध्ये पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ बढुवाका लागि सिफारिस भएका छन्। यस्तै, लोकराज पाठक, किरण घिमिरे लगायतको बढुवा सिफारिस भएको छ। ch_180_janpad_insp_20800406_230723_010937Download

Continue reading

सुन र फलाम नचिन्ने कर्मचारीलाई घोक्रेठ्याक !

क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत हङकङबाट आएको ‘अटो पार्टस्’ लेखिएको कार्गो शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पुग्यो । मंगलबार दिउँसो २ बजेतिर सामानको भन्सार जाँच हुँदा रेडी ट्रेड प्रा.लि. नामको कम्पनीको नाममा मोटरसाइकल र स्कुटरको १६० सेट ‘ब्रेक शु’ ८ वटा प्याकेटमा आएको देखियो । विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख नारद गौतमका अनुसार, भन्सार जाँचका क्रममा ‘फलामको कालो डल्लो’ देखियो । शंका लागेर एक उपसचिवले मोटरपाट्स भनिएको सामग्रीको पोका समेत खोलेर हेरे । अनलाईन खबरका अनुसार गौतमको भनाइमा त्यो वस्तु सुन हो भन्ने लागेन । त्यसपछि सुन विमानस्थल भन्सार...

Continue reading

सुन काण्डमा डामिएका मलहोत्रा : ओलीको पालामा ३४३ बिघाको गिरिबन्धुका पनि डिजाईनर !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालय अगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ रहेको नयाँ पत्रिकाले लेखेको छ, तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् । मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित चारजना पनि पक्राउ परेका छन् । सुनको यकिन परिमाण...

Continue reading

काण्डको भुमरीमा कमरेड : चिनियाँसँग ५० करोडको डिल र सुन तस्करीको आरोपले हैरान् !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्। ई–सिगरेटभित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा जोडिएका हुन्। प्रहरीको सिआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए। सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा...

Continue reading

एसएसपीसम्म दरबन्दी थप : ७ हजार सशस्त्र प्रहरीको एकैपटक बढुवा हुँदै

सशस्त्र प्रहरी बलमा नयाँ दरबन्दी थप भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावलाई पारित गर्दै मन्त्रिपरिषद् बैठकले नयाँ दरबन्दी सिर्जना गरेको छ। सशस्त्रले एकै पटक एसएसपीदेखि सहायक हवल्दारसम्मका लागि बढुवा भन्दै सूचना समेत प्रकाशित गरेको छ। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ११ वटा नयाँ दरबन्दी थप गरिएको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा ४३, सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा ३१, सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ४२ र सिनियर सशस्त्र प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) मा ४८ दरबन्दी थप गरिएको छ । नयाँ दरबन्दी स्वीकृत भएसँगै ठूलो संख्यामा सशस्त्र प्रहरी...

Continue reading

जनता पछार्ने १२ नगर प्रहरीको जागिर चैट !

काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गरेको छ। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ। ५ जना महानगर प्रहरीलाई निलम्बन गरिएको उनले बताए। उनले यसअघि ती कर्मचारीलाई विभागीय कारवाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको जानकारी दिए। केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएका थिए। सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछारपछारसमेत गर्ने गरेको भिडि‌ओ सार्वजनिक भएका ...

Continue reading

सुन तस्करीबाट काठमाडौँमा घर : झन्डै साढे २ अर्बको कारोबार

कतारबाट सुन तस्करी गरेरै एक जोडीले काठमाडौँमा होटल किनेको खुलेको छ। सप्तरीको बलानबिहुल गाउँपालिका २ चनहिपथराहका विनोदकुमार साह र उनकी पत्नी सञ्जुकुमारी साह सुनतस्करीको आरोपमा पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो। सुनतस्करी गरेको रकमबाट उनीहरुले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको होटल हिमालयन स्पायर किनेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले बताए। कतारमा बस्ने तस्करीका गिरोहले पठाएको सुन विनोद र सञ्जुले काठमाडौंमा बुझ्थे। वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पठाउने र उनीहरुले विमानस्थलमा सुन बुझ्ने गरेको खुलेको छ। सञ्जुको...

Continue reading

भाटभटेनीका साहुको ९० लाख कसले झ्वाम पार्यो ?

बूढापाकाहरु भन्थे– ‘पाप धुरीबाट कराउँछ’ नभन्दै पशुपतिनाथको जलहरी काण्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिएका छन् । एउटा कम्युनिष्ट विचारधाराका प्रधानमन्त्रीले पशुपतिनाथमा सुनको जलहरी लगाउने निर्णय गर्नु नै शंकाको घेरामा थियो । नभन्दै, पशुपतिनाथको नाममा गरिएको भ्रष्टाचारले ओली विवादमा परे । संसद्मा ओलीको नियतमाथि प्रश्न उठ्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः छानबिन गर्न बाध्य भयो । त्यसपछि हराएको सुन एकाएक थप्ने काम भइरहेको छ । यसले पनि जलहरीमा भ्रष्टाचार भएको पुष्टि हुन्छ । अख्तियारले गरेको छानविनको क्रममा पनि जलहरी बनाउँदा सुनको परिणाम हिनामिना भएको पाइएको...

Continue reading

बालुवाटार काण्ड : राष्ट्रपतिका सम्धी विरुद्ध पक्राउ पुर्जी जारी !

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको...

Continue reading

कांग्रेसका ७७ जिल्ला सभापति एकै ठाउँ

सत्ता साझेदार नेपाली कांग्रेसले आज आफ्नो केन्द्रीय कार्यालय (ललितपुर, सानेपा) मा देशभरका आफ्ना जिल्ला सभापतिहरूको बैठक राख्दै छ। बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत विविध सांगठनिक विषयमा छलफल गरिने कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा कांग्रेस जिल्ला सभापतिहरू आफ्नो जिल्लाअन्तर्गतका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति/प्रदेश सभा क्षेत्रीय कार्यसमिति/गाउँ, नगरपालिका कार्यसमिति/वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यको नामावली र सम्पर्क नम्बर, त्यस जिल्लामा...

Continue reading

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक आजै पारित नभए निष्क्रिय : एमाले र रास्वपाको अवरोध कायमै

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घन्टा स्थगित भएको छ। प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रापाका सांसदहरूले विरोध जनाएपछि बैठक आधा घन्टाका लागि स्थगित भएकाे हाे। यता, आजै मिटरब्याज कानुनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ। सरकारले आजै दफाबार छलफलसहित पारित गर्ने तयारी गरेको छ। आज विधेयक पारित नभए स्वतः निष्क्रिय हुनेछ।

Continue reading

युवतीका फोटो माग्ने फिगरका फ्यानलाई कारबाहीको तयारी !

यौनजन्य हिंसामा मुछिएका जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिनालाई कारबाहीको तयारी गरिएको छ। ‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही संचारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण उनी यो प्रकरणमा तानिएका हुन्। ट्विटरमार्फत् सार्वजनिक गरिएको इन्स्टाग्राम म्यासेज स्क्रीनसटमा प्रहरी निरीक्षक तिम्सिनालाई ती युवतीले यत्तिकै पल्टिरहेको भन्ने सन्देश पठाएको देखिन्छ। रातको ९ बजेर ५७ मिनेट जाँदा भएको संवादमा निरीक्षक तिम्सिना भन्छन्,‘ के तिमीलाई थाहा छ? म तिम्रो शरीरको प्रशंसक रहेको’ बताउँछ्न । सामाजिक सञ्जालमा प्रहरी निरीक्षकको...

Continue reading

प्रेमिकाले कुटाई खाएपछि अदालतमा हड्ताल !

आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् । कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन् । १३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नासु तामाङमाथि आक्रमण भएको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले शुक्रबारदेखि नै ‘पेन डाउन’ गरेका छन् । कानुन व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् । न्यायालयका...

Continue reading

कोरियाबाट फर्किएका युवा विमानस्थलमा ४४ हजार ठगिए : झोलाको सामान हरायो !

वैदेशिक रोजगारीबाट फर्किएका एक नागरिकले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू ठगिएको गुनासो गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समस्या सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। ‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलबाट प्रमाणसहित आफू ठगिएको तथा लगेजका सामान हराएको जानकारी गराएपछि मन्त्री किराँतीले न्याय दिलाउने प्रतिबद्धता जनाएका हुन्। यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले उल्लेख गरेका छन्। ‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलमा पैसा तथा कागजातसहित लेखिएको छ, ‘धन्यवाद नेपाल सरकार अनि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट! मैले...

Continue reading

निजी शिक्षकको तलब ३१ हजारदेखि ६८ हजारसम्म बनाउन बालेनको निर्देशन

काठमाडौं महानगरपालिकाले संस्थागत (निजी विद्यालय)का शिक्षकलाई सुविधाअनुसार तलब नपाए काठमाडौं महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन्। निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै उनले यस्तो बताएका हुन्। ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख भएको उनले बताएका छन्। काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने...

Continue reading

बालुवाटार काण्ड : विष्णु पौडेलका छोरासहित ४०६ जनाविरुद्ध पक्राउ अनुमति

ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत