काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते काठमाडौं, तीनकुनेको प्रदर्शनमा दमन भएको भन्दै छानबिनको माग गरेको छ ।
कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई एक ज्ञापन पत्र बुझाउँदै राप्रपाले गृह मन्त्री रमेश लेखकको पनि राजिनामा माग गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ नेता पशुपति शमशेर राणासहितले आज सिंहदरबारमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक झडपका बारेमा छानबिन गर्नका लागि सर्वोच्च अदालतको न्याययधिसको नेतृत्वमा स्वतन्त्र छानबिन आयोगको माग गरेको हो ।
‘सर्वोच्च अदालतको पुर्व न्यायधीसको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन’ र ‘छानबिनका लागि गृह मन्त्रीको राजिनामा, चैत १५ गते दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासकीय नेतृत्वको निलम्बन’ सहित ५ वटा माग राखेको हो ।
जसअनुसार मृतकहरू सबिन महर्जन र सुरेश रजकलाइ सहिद घोषणा तथा क्षतिपुर्तिको ब्यवस्था, राप्रपा नेताहरू रबिन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य माथीको झुटा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनु पर्ने राप्रपाको माग रहेको छ।
अहिले भाइरल भइरहेको तस्बिरमा पेस्तोल देखाएर तर्साउने ब्यक्ति को हुन ?
काठमाडौंमा आन्दोलन उग्र बनाउन भूमिका खेलेको आरोपमा थप दुई पक्राउ
तीनकुने हिंसा प्रकरण : नेपाली सेनाका पूर्वक्याप्टेन राजभण्डारी पक्राउ
हिंसा भड्काउने मुख्य आरोपी दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडा पक्राउ
तीनकुनेमा राजावादी प्रदर्शन उग्र: सुरक्षाकर्मीको बन्दुक खोसियो, मिडिया हाउसमाथि आक्रमण
पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्न सरकारको निर्देशन
राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणाविरूद्ध राज्यविरूद्धको अपराध मुद्धा
तीनकुने घटनापछि सरकार आक्रामक : नेताहरूलाई राज्यद्रोहको मुद्दा, कसैलाई नछोडिने
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ