काठमाडौं । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूह (पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १४औँ समूह) को दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम तथा शारीरिक क्षमता एवं आत्मबल अभिवृद्धितर्फ पनि प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो। साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी...
नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगबाट मान्यता नपाएपछि देउवा पक्ष सर्वोच्च जान लागेको हो ।
पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले कांग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ ।
शनिबार कांग्रेस पार्टी कार्यालयमै बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको हो । निर्वाचन आयोगबाट निरुपण भइसकेकाले अब सर्वोच्च जाने तयारी छ । बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई यसको जिम्मेवारी तोकेको थियो ।
धरान —श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन् ।पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै निर्दोष सावित नभएसम्म उपाध्यक्ष पदबाट निलम्बन गरिएको बताएका छन् । उनी भन्छन्, ‘गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ, राज्यले गर्ने...
म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको...
नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन्।अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उनले सनाखत गरेका हुन्। दलको प्रस्तावित अध्यक्ष समेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरेका हुन्।सनाखतपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेन्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे।उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने...
सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आइतबार बिहान फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी बिहान करिब ४ बजेतिर राप्ती राजमार्गमा दुर्घटनाग्रस्त भई सडकबाट करिब ४०० मिटर तल खसेको हो ।
दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ । घा|इते हुनेहरूमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका–५ निवासी अन्दाजी ४७ वर्षका खगेन्द्र केसी र सोही ठाउँकी अन्दाजी ३६ वर्षीय बिना केसी छन् । गम्भीर घाइते दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेका...
२००४ सालको संविधान आउनुअघि नेपालमा कुनै लिखित संविधान थिएन । त्यो बेला नेपालमा जहानीयाँ राणा शासन चलिरहेको थियो । जसले करिब १०४ वर्ष देशलाई आफ्नो निरंकूश नियन्त्रणमा राख्यो । राजा औपचारिकमात्र थिए, सबै शक्ति राणा प्रधानमन्त्री र उनको परिवारको हातमा थियो। शासन प्रणाली पूर्णतः वंशानुगत अधिनायकवाद थियो, जसमा प्रधानमन्त्री पद राणाहरूले आफ्नै परिवारभित्र मात्र बाँडफाँट गर्थे। जनताले कुनै मौलिक अधिकार पाएका थिएनन् । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता वा संगठन गर्ने अधिकार थिएन। प्रशासन, सेना, न्यायपालिका सबै राणाको अधीनमा थिए। शिक्षा, स्वास्थ्य, यातायात जस्ता सेवाहरू पनि अत्यन्त सीमित थिए...
काठमाडौँ, गोकर्णेश्वर–७ शिवचोकमा आजै दिउँसो घरभित्रै खाना खाइरहेकी एक महिलामाथि चार जनाको समूहले आक्रमण गरेका छन्। आक्रमणकारीहरूले खुकुरी प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका हुन्।
प्रत्यक्षदर्शीका अनुसार, पीडित महिला आफ्नो घरभित्र परिवारसँग खाना खाइरहेकी बेलामा चार जनाको समूह अचानक पसेर आक्रमण गरेको हो। घटनापछि स्थानीयवासी र परिवारले उनलाई तत्काल अस्पताल पुर्याएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
यो घटनाले राजधानीमै घरभित्र बस्दा पनि सुरक्षित महसुस गर्न नसकिने अवस्था बनेको भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ। “अब आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने परिस्थिति आएको छ,” एक स्थानीयले भने।
प्रहरीले...
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयको भ्रमण गरी प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ। बिहीबार प्रहरी मुख्यालय पुगेर उहाँले हालैको ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीतर्फ भएको क्षतिको जानकारी लिनुभएको हो।
देशका सातै प्रदेशका प्रहरी प्रमुख तथा जिल्ला प्रमुखहरूसँग भर्चुअल सम्बोधन गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनमा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापनामा समुदायले देखाएको सद्भावले प्रहरीको महत्त्व पुष्टि भएको छ, तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस्।”
उहाँले प्रहरी संगठनभित्रका कमीकमजोरीलाई सुधार गर्दै...
जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा शव फेला परेको छ।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तल्लामा सरसफाइ गर्ने क्रममा कर्मचारीले शव भेटेका हुन्। जलेको कारण शवको पहिचान खुल्न सकेको छैन।
गत भदौ २४ गते आन्दोलनकारीका नाममा अराजक समूहले भाटभटेनीमा आगजनी गरी ध्वस्त पारेको थियो।
यसअघि धरान शाखामा ४ र बौद्ध शाखामा ६ जनाको शव भेटिइसकेको छ।
भदौ २४ गतेदेखि बन्द भएको सेयर बजार अब पर्सि बुधबारदेखि पुनः सञ्चालन हुने भएको छ। नेपाल धितोपत्र बोर्डसँग परामर्शपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बजार खोल्ने निर्णय गरेको हो।
बोर्डका एक उच्च अधिकारीका अनुसार बुधबारदेखि कारोबार सुरु गर्ने तयारी पूरा भएको र यसबारे सूचना नेप्सेलाई पठाइनेछ। नेप्सेले यसलाई चाँडै नै औपचारिक रूपमा सार्वजनिक गर्नेछ।
यसअघि नेप्सेले असोज २ गतेसम्म कारोबार स्थगित गर्ने सूचना जारी गरेको थियो। तर, नयाँ निर्णयसँगै उक्त सूचना स्वतः खारेज भएको छ।
जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते राजधानीसहित देशका विभिन्न शहरमा भएको विध्वंसपछि सेयर बजार बन्द गरिएको थियो।...
प्रधानमन्त्री सुशीला कार्कीले आज बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उद्देश्यसहित छलफललाई गति दिएकी छन्। पाँच जना मन्त्रीको नाम टुंग्याउने दिशामा काम भइरहेको उनको निकट स्रोतले जनाएको छ।
शपथग्रहणलगत्तै दुई–तीन सदस्यीय सानो मन्त्रिमण्डल बन्ने अनुमान गरिए पनि शुक्रबार पदबहालीपछि कार्कीले मन्त्रिपरिषद् निर्माण गरेकी थिइनन्। शनिबार उनले दिनभर अस्पतालमा घाइते भेट्ने र जलेका प्रहरी कार्यालय निरीक्षण गर्ने कार्यमै समय खर्चिएकी थिइन्, जसकारण मन्त्रिमण्डल विस्तारबारे औपचारिक छलफल हुन पाएन।
आइतबार बिहानदेखि भने उनले यस विषयलाई प्राथमिकता दिँदै सम्भावित मन्त्रीहरूसँग लगातार छलफल गरिरहेको स्रोतको...
आफूले जम्मा गरेको बचत रकम फिर्ता नपाएर लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)’ को ब्यानरमा उनीहरूले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन्।
अभियानले सहकारी ठगीका साथै Gen-Z आन्दोलनमा ज्यान गुमाएका को सम्मानमा शहीद पार्क निर्माण गर्नुपर्ने माग अघि सारेको छ।
प्रदर्शनका क्रममा प्रयोग गरिएको ब्यानरमा “सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले शहिद Gen-Z पार्क निर्माण गर्न माग सहितको शान्तिपूर्ण आन्दोलनको घोषणा” लेखिएको छ। ब्यानरमा शहीद Gen-Z पार्क र स्वर्गीय आयुस थापाको तस्बिर पनि...
यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे।
विराटनगर । मोरङ जिल्ला अदालतले तत्काल पूर्णरुपमा सेवा प्रवाह गर्न नसक्ने भएकाे छ । भदौ २४ गते अराजक समूहले गरेकाे आगजनी, तोडफोड र लुटपाट भएकाे थियाे ।साे घटनापछि अदालतको भौतिक संरचना र सेवा प्रवाहसँग सम्बन्धित सम्पूर्ण सामानहरू नष्ट भएकाे छ ।अदालतले एक सूचना जारी गर्दै असोज २० गतेसम्म अधिकांश सेवाहरू बन्द रहने जानकारी गराएको छ।अदालतले जारी गरेको सूचनाअनुसार अदालतले तत्काल नियमित सेवा सञ्चालन गर्न नसक्ने अवस्था छ ।अदालतका अनुसार, २०८२ असोज २० गतेसम्म निम्न अत्यावश्यक सेवाहरू मात्र सञ्चालन हुनेछन्:अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाई ।सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् ।
‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा...
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्।
उनका अनुसार प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी ३ जना गरी जम्मा ७२ जनाको ज्यान गएको छ।
आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका पनि उनले जानकारी दिए।
भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलनका क्रममा प्रहरीसँग व्यापक झडप भएको थियो। सो क्रममा विभिन्न स्थानमा आगजनी हुँदा थप मानवीय क्षति भएको हो।
मृतक सबैको सनाखत हुन बाँकी छ। जलेका स्थानहरू सफाइ गर्ने क्रममा...
शनिबार बेलुकी बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। आगलागीका कारण पहिचान गर्न कठिन भएको शव सबै पुरुष रहेको पुष्टि भएको छ।
उनीहरूको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीसहित देशभरका सरकारी तथा निजी संरचनामा आगजनी भएको थियो।
जेन-जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री तथा पार्टी प्रमुखहरुलाई सुरक्षा कारण देखाई नियन्त्रणमा लिएको नेपाली सेनाले क्रमशः मुक्त गर्न थालेको छ।
उक्त समयमा सेनाले ती मन्त्रीहरुलाई विभिन्न गणमा राखेको थियो। भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई आज घर फर्कन अनुमति दिइएको छ।
सेनाले नियन्त्रणमा रहेकाहरुलाई मोबाइल प्रयोगमा रोक लगाएको भए पनि सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएपछि मोबाइल चलाउन अनुमति दिएको थियो।
आजदेखि भने सेनाले निवर्तमान मन्त्रीहरुलाई घर फर्कन दिने प्रक्रिया सुरु गरेको एक पूर्वमन्त्रीले जानकारी दिएका छन्।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा दिइएको छ ।कांग्रेस नेता तथा पूर्व सांसद अभिषेकप्रताप साहले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत महानगरीय प्रहरी वित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन् ।नेता साहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारी पत्र बुझाएका हुन् । प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्याउने बताए ।पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको आरोप लगाइएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यरत प्र.नि प्रदिप महतले हालै देशभरका प्रहरी चौकीहरूमा आक्रमण भइरहेका कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्यबाट पछि हटेनन।उच्च निकायबाट सुरक्षित स्थानमा जान निर्देशन दिइए पनि उनले स्थानीय समुदायसँग समन्वय गर्दै कार्यालयलाई कुनै पनि भौतिक क्षति हुन नदिन अन्तिम क्षणसम्म दृढतापूर्वक आफ्नो कार्यक्षेत्रमै खटिरहे। उनकोबअथक प्रयास र वीरतापूर्ण योगदानका कारण इलाका प्रहरी कार्यालय खैरहनी चितवन सुरक्षित रहन सफल भयो।उनको साहस, कर्तव्यनिष्ठा र संगठनप्रतिको समर्पणलाई हृदयदेखि सम्मान प्रकट गर्दछौं। यस्ता वीर प्रहरीहरू नै नेपालको प्रहरी संगठनको शान र गौरव हुन्।
काठमाडौं– जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ ।
महत्त्वपूर्ण स्थानमा विगतदेखि केही ठाउँ विशेषमा प्रदर्शन र आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने कायम रहेको काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गरेर यो निर्णय लिएको एसएसपी अधिकारीले बताए ।
२८ भाद्र २०८२ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी निशान थापा खटिएका छन्।प्रहरी प्रधान कार्यालयले डिएसपी थापाको नेतृत्वमा सुरक्षा टोली खटाएको हो।
डिएसपी थापा प्रहरी एकेडेमीमा कार्यरत थिए । उता, सपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्की प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन्।