मङ्लबार, बैशाख २२, २०८३

Tag: feature

आजको मौसम अपडेट

मौसम पूर्वानुमान महाशाखाले आज (साउन १४, बुधबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। आज दिउँसो: देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति: देशको पहाड भूभागमा साधारणतया बदली रही तराईमा आंशिक बदली रहनेछ। देशका पहाड भूभागका थोरै स्थान तथा तराईका एक‍-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का...

Continue reading

स्पेनलाई हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन

स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो कपको उपाधि रक्षा गरेको छ। आइतबार राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो। सो अग्रता धेरै लामो समय भने टिक्न पाएन। ५७ औँ मिनेटमा केलीको गोलमा इंग्ल्यान्डखेलमा फर्किएको थियो। बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा इंग्ल्यान्डकी चोल केलीले विजयी प्रहार गरिन्। स्पेनले लगातार तीन प्रहार खेर फालेको थियो। यी मध्यको दुई प्रहार इंग्ल्यान्डकी गोलरक्षक हनाह...

Continue reading

सुपमा सिगौरी खेल्न सुरु : चुनाव हारेकाद्वारा जित्नेलाई रामधुलाई, टाउकामा ७ टाँका !

अखिल क्रान्तिकारी सुदूरपश्चिम इन्चार्ज तथा उपमहासचिव रामचन्द्र भट्टमाथि कुटपिट गर्ने सोही संगठनका अर्का एक सदस्यलाई पार्टीले कारबाही गरेको छ । आइतबार दिउँसो कञ्चनपुर पार्टी कार्यालयमा हानाहान हुँदा भट्ट गम्भीर घाइते भएका थिए । उनलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका भुवन विष्टलाई साधारण सदस्यता समेत कायम नहुनेगरी कारबाही गरिएको हो । जिल्ला पार्टीले विष्टको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । भट्टको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए । डीएसपी सागर बोहोराका अनुसार घाइते विष्टको धनगढीस्थित...

Continue reading

श्रीमान-श्रीमतीको परालको आगोले नाउपामा भाँडभैलो !

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले रञ्जिता श्रेष्ठ र उनका पति संरक्षक रेशमलाल चौधरी बीचको गहिरो शक्ति संघर्षको अखडा बनेको छ। विवादको कथावस्तु राजनीतिक होस् या व्यक्तिगत, अब पार्टी स्थायी रूपमा विभाजित हुनसकेको संकेत देखिन्छ। सबैभन्दा ताजा घटनाक्रमा, अध्यक्ष रञ्जिता श्रेष्ठमाथि पोखराको लिचीबारी जग्गा ‘घुस डिल’ आरोप आएको छ। भूमि मन्त्रालयमा रहँदा उनले बिचोलियाको रूपमा काम गरी जग्गा हडप्ने योजनामा संलग्न भएको आरोप छ, जसपछि अख्तियारले उनलाई छानबिनमा राखेको छ। अख्तियारले श्रेष्ठको बयान र भ्वाइस टेस्टसमेत लिएको छ; त्यसपछि संघीय प्रशासन मन्त्री राजकुमार गु्प्ताले राजीनामा दिन बाध्य भएका थिए। यसबीचको...

Continue reading

थाइल्यान्ड र कम्बोडियाको तनाव आजबाट हटला ?

थाइल्यान्ड र कम्बोडिया बिहीबारदेखि जारी द्वन्द्व अन्त्य गर्न आज (सोमबार) मलेसियामा वार्ता गर्न सहमत भएका छन्। थाइल्यान्डले कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाईको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले वार्तामा भाग लिने बतएको छ। थाई सरकारले भनेको छ, मलेसियाले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट पनि वार्तामा भाग लिने जानकारी गराएको छ। यसअघि शनिबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश तुरुन्तै युद्धविराम गर्न वार्ताका लागि तयार रहेको बताएका थिए। थाइल्यान्ड र कम्बोडियाबी जुलाई २४ देखि जारी लडाइँमा सैनिक र सर्वसाधारण गरी अहिलेसम्म कम्तीमा ३३ मृत्यु भइसकेको छ।

Continue reading

प्रधानमन्त्री ओलीद्वारा ल्हेन्देखोलामा आएको बाढीको स्थलगत निरीक्षण

रसुवा — प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च सरकारी टोलीले ‘भोटेकोशी’ भनेर चिनिने ल्हेन्देखोलामा आएको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन्। राष्ट्रिय समाचार समिति (रासस) का अनुसार, प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीय बासिन्दासँग बाढीपछिको अवस्था, उद्धार कार्य र राहत व्यवस्थाबारे छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले बेपत्ता व्यक्तिहरूको अवस्था, रसुवागढी भन्सारस्थित सुक्खा बन्दरगाहमा भएको क्षति, तथा बाढीले बगाएका मालवाहक कन्टेनरका कारण भएको आर्थिक क्षतिको विषयमा गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीको नेतृत्वमा पुगेको टोलीमा उपप्रधानमन्त्री...

Continue reading

गोकर्णेश्वर नगरपालिकाको संरक्षणमा नै अभियन्ता कुट्न गुण्डा पठाएको आरोप, सुशासनको खोलभित्रको गुन्डागर्दी

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा व्याप्त अनियमितता, भ्रष्टाचार र दुर्गन्धित प्रशासनिक चलखेलविरुद्ध आवाज उठाउँदै आएका स्थानीय युवाहरु अहिले ज्यानै मार्ने धम्कीको डरमा बाँच्न बाध्य भएका छन्। स्थानीय अभियन्ता आदर्श क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मार्नकै लागि गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका सभापति सन्जय लामाले गुण्डाहरु खटाएको गम्भीर आरोप सार्वजनिक गरेका छन्। उनलेे लेखेका छन् :- “मलाई सन्जय लामाले मार्न आयो म मर्नबाट बचे मलाई सयौं जनाले कुटे झन्डै मारे” आदर्श क्षेत्री, राजु सुनुवार, किरण केसीलगायत युवाहरुले नगरपालिका भित्रको बेथिति...

Continue reading

‘कोड वर्ड’ प्रयोग गरेर पुनः मानव तस्करी, सेटिङ शुल्क परिमार्जन

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि पुनः सक्रिय हुन थालेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउनको लागी तयार गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको ग्रीन सिङनल भन्दै पुन ‘कोड वर्ड’ प्रयोग गरेर तस्कारी गर्ने गरेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विस्तृत...

Continue reading

जसपा नेता यादवलाई पक्राउका लागि खोज्दै प्रहरी

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले गालीगलौज गरेको अडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । पूर्वाधार कार्यालयको विषयलाई लिएर भएको यो संवादमा नेता यादवले एसपी खड्का र समग्र प्रहरी प्रशासनमाथि भ्रष्टाचार र सरकारी कर्मचारीलाई अवैध असुलीमा संरक्षण दिएको आरोप लगाएका छन्।संवादमा नेता यादवले एसपी खड्कालाई सोझै प्रश्न गर्दै ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै आक्रोश पोखेका छन् । उनले प्रहरीले रातिराति मान्छे बोलाएर पैसाको कमिसन लिने गरेको, सुरक्षा दिनुपर्ने प्रहरी नै लुटतन्त्र मच्चाउन...

Continue reading

सेनाका दुई भ्रष्ट्र हाकिम बर्खास्त

नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई भ्रष्टाचारको अभियोगमा सैनिक सेवाबाट बर्खास्त गरिएको छ। सैनिक कल्याणकारी कोषमा रकम अपचलन गरेको ठहर गर्दै सैनिक विशेष अदालतले बिहीबार उनीहरूलाई बर्खास्त गर्ने फैसला सुनाएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, खड्का र कार्कीले सैनिक अनुशासन र आचरणविपरीत कार्य गरेका कारण सेनाबाट हटाइएको हो। सैनिक ऐन २०६३ को दफा १०१ अनुसार, उनीहरूलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी मात्र पदबाट हटाइएको छ। सेनाले उनीहरूविरुद्ध दुई करोड २१ लाख ८५ हजार ५१५ रूपैयाँ अपचलन गरेको आरोपमा कोर्ट अफ इन्क्वायरी गठन गरी अनुसन्धान...

Continue reading

एकल महिला बस्यालको उठिबास : जग्गा व्यक्तिले खनेर सडक, वडादेखि पालिकाको मिलेमतो

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका वडा नं. १ की एकल महिला कुन्ता बस्याललाई तत्कालिन वडाअध्यक्ष तुलसी गिरीलगायतले घरबारविहिन बनाउन लागेको पीडितले बताएकी छन् ।शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो जग्गाको भाउ बढाउन गिरीसहितका व्यक्तिहरुले आफ्नो एक रोपनी जग्गाको बीचमा जबरजस्ती सडक खनेको पीडितको आरोप छ । आफू १६ वर्षदेखि गैर न्यायीक हर्कतविरुद्ध न्यायको लागि लड्न थालेको र श्रीमानको निधन भएको दश बर्षदेखि एक्लै लड्न बाध्य भएको उनको गुनासो छ । व्यक्तिगत जग्गाको बीचमा सडक खनेर अन्याय गरेको बताउँदै पीडितले बस्यालले भनिन्, “श्रीमानको पैतृक सम्पत्तिका नाममा भएको १ रोपनी...

Continue reading

कानुनविना ‘ह्विल लक’ प्रयोग : के महानगर र ट्राफिक प्रहरी जवाफ दिन तयार छन्?

काठमाडौँ । सवारी साधनमा ट्राफिक तथा नगर प्रहरीले प्रयोग गर्दै आएको ‘ह्विल लक’ प्रणालीविरुद्ध उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश खडानन्द तिवारीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि अदालतले यस्तो आदेश दिएको हो। कानुनका विद्यार्थी विवेक चौधरीले ‘ह्विल लक’ लगाउने कार्य संविधान, प्रचलित ऐन तथा विधिको शासन विपरीत रहेको दाबी गर्दै अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उनले उक्त कार्यले नागरिकको मौलिक हकमा प्रत्यक्ष हस्तक्षेप गरेको र कुनै कानुनी आधार नभएको जिकिर गर्दै परमादेश माग गरेका छन्। रिटमा काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, महानगरीय प्रहरी...

Continue reading

यी हुन् विवादित र जुनियर एसपीहरु, जो बढुवाको लागि गरिरहेका छन् चलखेल

काठमाडौं । नेपाल प्रहरीमा बढुवाका लागि शक्तिकेन्द्रकै भर पर्नुपर्ने स्थिति आएको छ । शक्तिकेन्द्रनिकट बिचौलियाहरु हाबी हुँदा एक महिनादेखि रिक्त रहेको (११ वटा) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा अन्यौलमा परेको छ । एसएसपीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । यस्तै बढुवा सिफारिस समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र मानवस्रोत विभागका एआईजी सदस्य रहने व्यवस्था छ । प्रहरी प्रधान कार्यालय संगठनमा रिक्त रहेका पदहरुमा तत्काल बढुवा गर्नुपर्ने पक्षमा छ । सोहीअनुरुप संगठनभित्र विवादरहित, अब्बल र बरियताअनुसार एसएसपी बढुवाका आकांक्षीहरुको नामावलीसमेत गृहमा...

Continue reading

सशस्त्रका एसएसपीमाथि महिलाको गोप्य अंग समाएको बात

काठमाडौं । यौनले उन्मत्त सशस्त्रका कमाण्डरले एक महिलामाथि यौन दुव्र्यवहार गरेपछि अहिले विवादमा तानिएका छन्  । संयुक्त राष्ट्रसंघको अन्तर्गत  शान्ति स्थापनार्थ साउथ सुडानमा खटिएको नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूपमा खटिएका सशस्त्र प्रहरी बलका एसएसपी रविनराज कर्णजितमाथि नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको गम्भीर आरोप लागेको हो। अहिले यो विषयले सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा हलचल नै पैदा गराएको छ । उनले गरेको कतुर्तको विषयमा राष्ट्र संघले सशस्त्र प्रहरीलाई पत्रचार समेत गरेको छ। राष्ट्र संघको पत्र आएपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केर आएका १५...

Continue reading

आफ्नै सरकारले ल्याएको बजेट सेटिङ्गमा आएको एमालेको आरोप : सस्तो लोकप्रियता दुर्भाग्यपूर्ण !

दोलखा, असार ७ : नेकपा (एमाले) दोलखा जिल्ला कमिटीले आफैं समेत सहभागी रहेको बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि गम्भीर आपत्ति जनाउँदै त्यसलाई सेटिङ्गमा आधारित, वितरणमुखी र व्यक्तिगत स्वार्थ प्रेरित भएको आरोप लगाएको छ। एमालेले बजेटको मूल्यांकन गर्दै राज्यको दीर्घकालीन हितभन्दा पनि अल्पकालीन लोकप्रियता र सञ्जालमा देखिने प्रचारको मोहमा बजेट तयार गरिएको निष्कर्ष निकालेको छ। दोलखाको चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य भरत केसी लगायतको उपस्थिति...

Continue reading

नेकपा एसका स्थायी कमिटी सदस्य हिरासतमा, कोरिया पठाउने भन्दै ३५ जनालाई ठगे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एसका एक स्थायी कमिटी सदस्य ठगीको मुद्दामा पक्राउ परेका छन् । वैदेशिक रोजगारी ठगीमा सो पार्टीका स्थायी कमिटी सदस्य देवसिंह महता एक सातादेखि हिरासतमा छन् । दुई जना फरार छन् । पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ तथा अछाम जिल्ला कमिटीका नेता राजेन्द्र कुँवर र विनोद थापा भने फरार छन् । पक्राउ परेका स्थायी कमिटी सदस्य महताले पार्टी सञ्चालनका लागि पार्टी अध्यक्षको सचिवालयले निर्देशन दिएपछि रकम संकलन गरेको बयान दिएका छन् । ठगीमा परेपछि पीडितहरूले पटक-पटक पार्टी कार्यालय धाएर रकम फिर्ता गराउन प्रयास गरे । तर, स्थायी कमिटी सदस्य, पूर्वमन्त्रीका...

Continue reading

सुर्नया गाउँपालिका उपप्रमुख मन्जु बोहराबाट दोहोरो गाडी भाडा असुल गरिने, ५० हजार फिर्ता गर्नुपर्ने

काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका उपप्रमुखले दोहोरो गाडी भाडा बापत लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ। प्राप्त जानकारी अनुसार, उपप्रमुख मन्जु बोहराले विभिन्न मितिमा दोहोरो सुविधाका रुपमा गाडी भाडा लिएको पाइएपछि पालिकाले उक्त रकम असुल गर्ने निर्णय गरेको हो। पालिकाको अभिलेख अनुसार, २०८० मंसिर १२ गते देखि धनगढीबाट सुर्नयासम्मको भाडा रु. ३०,०००/- र २०८० मंसिर १३ गते धनगढीबाट सुर्नयासम्मको भाडा रु. ३०,०००/- गरी कुल रु. ६०,०००/- रकम दोहोरो पर्न गएको पाइएको छ। यद्यपि, उक्त रकममध्ये पालिकाको नियम अनुसार ६०,०००/- रुपैयाँ असुल गरिने जनाइएको छ। कैफियतमा उल्लेख भए अनुसार, उपप्रमुख बोहराले...

Continue reading

नक्कली प्रमाणपत्र र स्काउटमा मनपरी सेवा लिएकी स्मृति बराल अनेरास्ववियुकाे सचिवमा उम्मेदवार

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको र नेपाल स्काउटमा पद र सुविधा दुरुपयोग गरेको गम्भीर आरोपमा मुछिएकी स्मृति बराल नेकपा एमाले निकट अनेरास्ववियुको सचिव पदमा उम्मेदवार बनेकी छन्। सार्वजनिक जीवनमा नैतिकताको सवाल उठाइने बेला विवादास्पद व्यक्तित्वलाई नेतृत्वमा ल्याउने प्रयासप्रति व्यापक आलोचना सुरु भएको छ। पूर्वमन्त्री भट्टराईको सचिवालयमा काम गर्ने स्मृति बरालमाथि नक्कली प्रमाणपत्र प्रयोगको आरोप बरालले सन् २०१९–२० मा भारतीय विश्वविद्यालयबाट B. Tech गरेको भनी पेश गरेको प्रमाणपत्रकै समय उनी नेपालमै पोखरा विश्वविद्यालयअन्तर्गत BE Civil को परीक्षा दिइरहेकी थिइन् भन्ने प्रमाण...

Continue reading

पूर्वमन्त्री भट्टराईको सचिवालयमा काम गर्ने स्मृति बरालमाथि नक्कली प्रमाणपत्र प्रयोगको आरोप

काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको सचिवालयमा अधिकृतका रूपमा कार्यरत स्मृति बरालमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्रोतका अनुसार, बरालले भारतीय विश्वविद्यालयको नाममा सन् २०१९–२० को शैक्षिक सत्रमा B. Tech गरेको भनी प्रमाणपत्र पेश गरेकी थिइन्। तर सोही समय अवधिमा उनी नेपालकै पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा इन्जिनियरिङ कलेजमा BE Civil को छैठौं सेमेस्टरको परीक्षा दिएकी देखिन्छिन्। नेपालमै पूर्णकालिक रूपमा अध्ययन गरिरहँदा भारतको अर्को विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गर्नु व्यवहारिक रूपमा सम्भव नभएकोले बरालले पेश...

Continue reading

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी हो ।   बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्व मुख्यसचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ । बिलिङ...

Continue reading

जनयुद्धका महान सहिद नारण सिङ्ग तामाङ्गको २७ औं स्मृति दिवस भव्य रूपमा सम्पन्न

काठमाडौं, पेरिसडाँडा — नेपालका जनयुद्धका महान सहिद नारण सिङ्ग तामाङ्गको २७ औं स्मृति दिवस नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यालय पेरिसडाँडामा भव्य रूपमा सम्पन्न भएको छ। सहिद तथा बेपत्ता योद्धा स्तम्भमा दीप प्रज्वलन गर्दै कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य बन्दना सुवेदीले सहिद तामाङ्गको योगदानको उच्च सम्मान गर्दै भनिन्, “सहिद तामाङ्गले नेपालको सामाजिक, राजनीतिक रूपान्तरणका लागि आफ्नो जीवन उत्सर्ग गर्नु भएको हो। उहाँको बलिदानले नै आज हामी गणतन्त्रात्मक, संघीय लोकतान्त्रिक नेपाल निर्माण गर्न सक्षम भयौं।” कार्यक्रममा...

Continue reading

नेपाल प्रहरीमा राजीनामा दिनेको लर्को

रौतहट । मधेश प्रदेशका युवाहरुको लागी कुनै समय ठूलो आकर्षणको केन्द्र रहेको नेपाल प्रहरीको जागिर अहिले बिकर्षणतर्फ उन्मुख  हुन थालेको छ। बिगतमा तीन चारलाख रुपैयाँ खर्चेर भएपनी प्रहरीमा जागिर खाने मधेशका युवाहरु अहिले प्रहरीको जागिरबाट आत्तिएका छन्। मधेश प्रदेशमा नेपाल प्रहरीमा राजीनामा दिनेको अहिले लर्को लागेको छ। बिभिन्न कारण देखाउँदै नेपाल प्रहरीमा तल्लो दर्जाका कर्मचारीहरूले राजीनामा दिने प्रवृत्ति बढ्दै गएको हो। विभिन्न कारणहरू समस्या देखाउँदै जाँदा समाधानको पहल नभए पछि उनीहरुलाई जागिर छोड्न बाध्य बनाएको छ। उनीहरूका अनुसार प्रहरी जवानहरूको तलब अपेक्षाकृत कम रहेको छ। तल्लो तहका...

Continue reading

एमाले सांसद जानकीको आर्थिक लेनदेन अडियो सार्वजनिक

काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाकी सांसद तथा नेकपा (एमाले) की सचेतक जानकी ऐर (बम) को एक व्यक्तिसँग आर्थिक लेनदेन गरेको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। सार्वजनिक अडियोमा ऐरले नेपाल आर्मीमा भर्ती गराइदिने भन्दै एक सर्वसाधारणसँग रकम माग गरेको स्पष्ट सुनिन्छ। अडियोमा सांसद ऐरले आफ्नै स्वरमा एक व्यक्तिलाई “काम मिलाइदिन्छु, पैसा चाहिन्छ” भनी रकमको आग्रह गरिरहेको सुनिन्छ। यो अडियो सार्वजनिक भएसँगै नेकपा (एमाले) भित्र समेत आन्तरिक आलोचना सुरु भएको छ भने सामाजिक सञ्जालमा सर्वसाधारणको चर्को आक्रोश देखिएको छ। सांसद ऐर, जो २०७९ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिक...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत