इलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यरत प्र.नि प्रदिप महतले हालै देशभरका प्रहरी चौकीहरूमा आक्रमण भइरहेका कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्यबाट पछि हटेनन।उच्च निकायबाट सुरक्षित स्थानमा जान निर्देशन दिइए पनि उनले स्थानीय समुदायसँग समन्वय गर्दै कार्यालयलाई कुनै पनि भौतिक क्षति हुन नदिन अन्तिम क्षणसम्म दृढतापूर्वक आफ्नो कार्यक्षेत्रमै खटिरहे। उनकोबअथक प्रयास र वीरतापूर्ण योगदानका कारण इलाका प्रहरी कार्यालय खैरहनी चितवन सुरक्षित रहन सफल भयो।उनको साहस, कर्तव्यनिष्ठा र संगठनप्रतिको समर्पणलाई हृदयदेखि सम्मान प्रकट गर्दछौं। यस्ता वीर प्रहरीहरू नै नेपालको प्रहरी संगठनको शान र गौरव हुन्।
काठमाडौं– जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ ।
महत्त्वपूर्ण स्थानमा विगतदेखि केही ठाउँ विशेषमा प्रदर्शन र आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने कायम रहेको काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गरेर यो निर्णय लिएको एसएसपी अधिकारीले बताए ।
२८ भाद्र २०८२ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी निशान थापा खटिएका छन्।प्रहरी प्रधान कार्यालयले डिएसपी थापाको नेतृत्वमा सुरक्षा टोली खटाएको हो।
डिएसपी थापा प्रहरी एकेडेमीमा कार्यरत थिए । उता, सपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्की प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन्।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको उच्च स्रोतले रातोपाटीलाई बतायो ।
सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको भनाइ छ । शीतल निवास जेनजी आन्दोलनकारीले जलाइदिएपछि हाल राष्ट्रपति सुरक्षित स्थानमा सरेका छन् ।
आजै एक विज्ञप्ति जारी गरेर राष्ट्रपतिले वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका थिए ।
उनले देशलाई संवैधानिक दायराभित्र...
आज काठमाडौंमा भएको genz आन्दोलन हिंसात्मक बन्दा ठूलो मानवीय क्षति भएको छ। प्रहरी वृत्त गौशालाले उपलब्ध गराएको प्रारम्भिक विवरण अनुसार, प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।
घटनामा परी गम्भीर घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। गौशाला प्रहरीका अनुसार काठमाडौं मेडिकल कलेज (KMC), होप अस्पताल र मेडिकेयर अस्पतालमा घाइतेहरूलाई लगिएको थियो।
मृतकको पहिचान
प्रहरीका अनुसार झडपमा परी मृत्यु हुनेमा निम्न व्यक्तिहरू रहेका छन्:
१. सौरभ किशोर श्रेष्ठ: वर्ष ३० का, काठमाडौं बनस्थली निवासी श्रेष्ठको...
सामाजिक सञ्जाल टिकटकमा हतियार प्रदर्शन गरेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले मुस्ताङ घर भई हाल स्वयम्भू बस्ने २१ वर्षीय कर्म साङ्पो ठकुरीलाई बुधबार अपरान्ह पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, ठमेलस्थित एक होटेलमा एक व्यक्तिले हतियार लुकाइराखेको भन्ने विशेष सूचनाको आधारमा परिसर र प्रहरी वृत्त लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। त्यस क्रममा होटेलको चौथो तल्लाको कोठामा बसेका ठकुरीलाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीले उनको कोठामा खानतलासी गर्दा सिरकभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल जस्तो...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न वामपन्थी तथा कम्युनिस्ट घटकहरूबीच एकताका लागि गम्भीर छलफल भइरहेको खुलासा गरेका छन्। बुधबार काठमाडौंको प्रज्ञाभवनमा आयोजित अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निकट भविष्यमै वामपन्थीहरूबीच एकता हुन सक्ने बलियो सम्भावना रहेको बताएका हुन्।
आफ्नो सम्बोधनका क्रममा उनले भने, “म यहाँबाट भन्न चाहन्छु, विभिन्न वामपन्थी र कम्युनिस्ट घटकहरूबिच एकताका लागि छलफल भइराखेको छ।” उनले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन छिट्टै अर्को सम्मेलनको आयोजना...
राजधानी काठमाडौंमा प्रहरीले अवैध कारोबारको ठूलो नेटवर्क पर्दाफास गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले ४ करोड २६ लाख ८० हजार ५ सय नगदसहित १ किलोभन्दा बढी सुनका गरगहना र २ किलो ३ सय ग्रामभन्दा बढी चाँदी बरामद गरेको छ। यस घटनामा संलग्न ९ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकासँग प्रहरीले नियन्त्रणमा लिएका सामग्री यसप्रकार छन्:
💰 नगद: रु. ४,२५ ५०,५००
🪙 सुन: ९ किलोभन्दा बढीका विभिन्न गरगहना🥈 चाँदी: २ किलो ३ सय ग्रामभन्दा बढीका गरगहनप्रहरीको भनाइ
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी अपिलराज बोहराका अनुसार पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले...
सुनसरीको झुम्का कारागारमा दुई जना कैदीको मृत्यु भएको छ। सुनसरीको गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको हो।कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।उपचारकै क्रममा उनको सोमबार बिहान सवा १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।त्यसैगरी, लागूऔषध मुद्दामा पुर्पक्ष कैदमा रहेका राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि बीपी प्रतिष्ठानमै भर्ना गरिएको थियो। उनको मंगलवार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले...
राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले मंगलबार ठूलो परिमाणको अवैध रकम बरामद गरेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले छापा मार्दा करिब ४ करोड रुपैयाँ बरामद भएको हो। उत्त अवैध रकमको अपरेसनको निमित्त काठमाडौं परिसर प्रमुख एसएसपी बिश्व अधिकारी आफै फिल्डमा खटिएका थिए।
उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बरामद गरिएको रकमबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
सरकारले बहालवाला आईजीपी दीपक थापाको अवकाश हुन एक साता बाँकी रहँदै एआईजीपी चन्द्रकुबेर खापुङलाई ३२औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङको नियुक्ति गर्ने निर्णय गरेको हो।
आईजीपीको प्रतिस्पर्धामा खापुङ एक्ला दाबेदार बनेका थिए, किनभने उनका ब्याचमेट एआईजीपी कृष्णहरि शर्मा दुई दिनमै उमेरहदका कारण अवकाशमा जान लागेका छन्।
०५१ कात्तिक २६ गते इन्स्पेक्टरमा प्रवेश गरेका खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन्। उनी प्रहरी संगठनमै विवादरहित मानिन्छन्। यसअघि उनले कोशी प्रदेश...
काठमाडौं — गुन्डा नाइकेको रूपमा चिनिएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई चन्द्रागिरिबाट पक्ाउ गरेको हो।
प्रहरी स्रोतका अनुसार गोर्खालीलाई बैंकिङ कसुरको आरोपमा नियन्त्रणमा लिइएको हो | करोडौं रुपैयाँ को चेकको भुक्तानी गर्न नसकेको कारण उनी पक्ाउ परेका हुन् ।
यसअघि, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवारका लागि सिफारिसमा परेका थिए। तर अन्ततः पार्टीले उनलाई टिकट नदिएको थियो।
*“१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्वर गणभित्र एरिया हद ( एक प्रकारको नजरबन्द ) तोकेर कतिपय लाई त एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रुपमा राखिएको छ भन्ने खबर सुन्दा हामी सबैको मन चिसो हुन्छ। अझ आफुले ३० बर्ष सेवा गरेको संगठन, जो राज्यको कानुन कार्यान्वयन गर्ने निकाय पनि हो , उस्ले नै यस्तो कार्य गरेको सुन्दा मन खिन्न भएर आयो! नलेखौ जस्तो पनि लाग्यो तर एक जुनियर प्रहरी अधिकृत अस्पताल गएर फर्कने क्रममा आफ्नो कार्यालयमा आएर भक्कानिदै रोएको देख्दा र आफुलाइ समेत बिगतमा त्यसै गरि “एक महिलालाई एक भारतिय नागरिकले मन्त्री क्वाटर अगाडि नै बन्धक बनाएको...
काठमाडौं — नेकपा माओवादी केन्द्रले नेकपा (विप्लव समूह) सँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता समिति गठन गरी एकताको प्रक्रिया अघि बढाउने जानकारी दिए।
उनका अनुसार, “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ, र अब वार्ता समिति बनाएर कार्यान्वयनतर्फ जाने सहमति भएको छ।”
यसअघि पनि माओवादी केन्द्रले विप्लवसँग पार्टी एकताको चर्चा गरेका थिए, तर ती प्रयासहरू रणनीतिक घोषणामा मात्र सीमित भएका थिए।
केही दिनअघिसम्म माओवादीले नेकपा (एकीकृत समाजवादी) सँग समेत पार्टी...
अखिल नेपाल यातायात मजदुर संघ, अरनिको विशेष जिल्ला समितिका अध्यक्ष केदार चौलागाईंले बिज्ञप्ती निकाल्दै अरनिको यातायात प्रा. लि. का अध्यक्ष केदार क्षेत्री असब्य रहेको बताएका छन्। उनले जारी गरेको बिज्ञप्तीमा निम्न ब्यहोरा उल्लेख गरिएको छ:
प्रेस-बिज्ञप्तीबिषय-गम्भीर ध्यानाकर्षण भएको सम्बन्धमा।पुर्व अरनिको यातायात प्रा.लीका अध्यक्ष केदार क्षेत्रीले हालै सार्वजनिक रूपमा दिएका अभिव्यक्तिहरूलाई लिएर हामी र हाम्रो संगठन गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहन्छौं। उहाँद्वारा सार्वजनिक रूपमा बोलिएका घृणास्पद, अलोकतान्त्रिक ,असंवैधानिक, र गैर-राजनीतिक अभिव्यक्तिहरूले यातायात ब्यबसायी , यातायात मजदुर, स्वरोजगार,...
१ साउन २०८१ मा मर्मत (C-Check) का लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब एक मिनेटमै दुर्घटनामा पर्दा १८ जनाको ज्यान गएको थियो। सरकारद्वारा गठित छानबिन आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा विमान कम्पनी, पाइलट र नागरिक उड्डयन प्राधिकरणको संयुक्त लापरवाही यो दुर्घटनाको मुख्य कारण भएको उल्लेख छ।
छानबिन प्रतिवेदनका मुख्य बुँदाहरू:
🔸 भुल स्पिडकार्ड प्रयोग: विमानको वास्तविक तौल अनुसार टेकअफ स्पिड (V-Speed) गलत तय गरिएको थियो। प्रयोगमा ल्याइएको स्पिडकार्ड प्रमाणिकृत नभएको पाइएको छ, र यो गल्ती कसैले समयमा पहिचान गर्न सकेनन्।
🔸 लोडिङमा लापरबाही:...
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल गरेका छन्।
उक्त बैठकमा प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमाले उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए।
विश्व सम्पदामा सूचीकृत लुम्बिनी युनेस्कोको संभावित खतराको सूचीबाट हटाइएको छ।
फ्रान्सको पेरिसमा सम्पन्न युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औँ अधिवेशनले लुम्बिनीमा संरक्षणमैत्री काम र सुधारका प्रयासहरू भइरहेकाले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो।
बैठकको अध्यक्षता बुल्गेरियाका प्रोफेसर निकोले नेनोवले गरेका थिए।
युनेस्कोले लुम्बिनीको वर्तमान अवस्था थप अवलोकन गर्नका लागि पुनः ‘रिएक्टिभ मनिटरिङ मिसन’ पठाउने निर्णय पनि गरेको छ।
यसअघि सन् २०२२ मा युनेस्कोको वर्ल्ड हेरिटेज सेन्टर र इकोमोसले सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया सम्मिलित टोली पठाएको थियो।
उक्त टोलीले...
हेंवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ भने पहिरोले बन्द भएको सिद्धिचरण राजमार्ग पुनः सञ्चालनमा आएको छ।
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थलमा रहेको हेंवा खोलामा मंगलबार साँझदेखि आएको बाढीले मेची राजमार्ग अवरुद्ध बनाएको हो।
प्रहरीका अनुसार खोलाको बाढी ‘डाइभर्सन’ माथिबाट बग्न थालेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।
पाँचथर प्रहरीले दिएको जानकारीअनुसार, खोलामा पानीको बहाव अझै नघटेकाले दुवैतर्फका सवारी साधन चल्न नसकेको हो। खोला तर्न सक्ने अवस्था नभएकाले सवारीहरू रोकिएका छन्।
यसैबीच, अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धिचरण राजमार्ग...
काठमाडौं —
आन्दोलनमा रहेका चिकित्सकहरूसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना मन्त्रीलाई वार्ता टोलीको जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसियालाई आन्दोलनरत चिकित्सकहरूसँग संवाद गरेर समस्याको समाधान खोज्न निर्देशन दिएका हुन्।
एक मन्त्रीका अनुसार, प्रधानमन्त्रीको कार्यादेशअनुसार आजै चिकित्सकहरूसँग वार्ता गरी सहमतिको प्रयास गरिनेछ।
यसै क्रममा, केही समयअघि चिकित्सक प्रतिनिधिहरूसँग अनौपचारिक छलफल समेत भएको जानकारी प्राप्त भएको छ।
उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकहरू...
धादिङ —
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौंदी नजिकै त्रिशूली नदी किनारमा दाहसंस्कार गरिँदै गरेको चिता बाढीले बगाएको छ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ का अनुसार, एक आफन्तको मंगलबार बिहान ५ बजे निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा अन्त्येष्टिका लागि लगिएको थियो।
तर बिहान साढे ९ बजेतिर अचानक नदीमा बाढी आएपछि, झन्डै पूर्णरूपमा जलिसकेको शवसहित चिता बगाएको उनले जानकारी दिए।
“शव त लगभग जलिसकेको थियो, तर चिता अझै पूरै जलेको थिएन। त्यत्तिकैमा बाढी आयो र चिता बगायो,” अध्यक्ष थपलियाले भने।
वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्य भिडियोमा...
रसुवामा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गत सञ्चालनमा रहेका विभिन्न जलविद्युत् परियोजनाबाट उत्पादन हुने करिब २ सय मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ।
प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ।
त्यस्तै, सोही आयोजनाअन्तर्गतको पुलमा पनि क्षति पुगेको छ। पुलमा चिरा परेको कारण आवतजावत पूर्णरूपमा बन्द भएको उनले जानकारी दिए।
हालसम्म टेलरेसमा ठूलो भौतिक क्षति नभए पनि गेग्रान (ढुंगा माटो) थुप्रिएको बताइएको छ। यद्यपि पावरहाउस भने सुरक्षित रहेको शाक्यले बताए।
यसैगरी, ६० मेगावाट...
रसुवा —
चीनतर्फबाट आएको बाढीका कारण रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुल बगाएसँगै नेपाल र चीनबीचको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
बाढीले रसुवाको ड्राइपोर्ट क्षेत्रमा पनि व्यापक क्षति पुर्याएको छ।
जाँचपासका लागि राखिएका थुप्रै गाडीहरू बाढीले बगाएको प्रहरीको भनाइ छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान करिब ३ बजे भोटेकोशी नदीमा एक्कासि बाढी आएको थियो।
हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि नभए पनि, भन्सार क्षेत्रका गाडी बगाउँदा त्यहाँ रहेका...