शुक्रबार, बैशाख १८, २०८३

Tag: feature

धारिलो हतियार प्रहारबाट अनिल परियारको मृत्यु

भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा आइतबार साँझ ७ः३० बजे धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो । घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी डीएसपी अधिकारीले जानकारी दिए । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

Continue reading

महिला मतदाता भन्छन्: महिलाका मुद्दा उठाउनेलाई भोट

कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् । महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ । लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यसपटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउनुहुन्छ । “महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार...

Continue reading

आइपिएल क्रिकेटमा बेंगलोर र हैदराबाद बिचको खेल हुँदै

इन्डियन प्रिमिएर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेंजर्स बेंगलोर र सनराइजर्स हैदराबाद बिचको खेल हुँदै छ। आइतबार दिउँसो मुम्बईको वान्खाड़े स्टेडियममा भैरहेको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले टस जितेर ब्याटिङ रोजेको छ । टूर्नामेंट अगाडि बढ्दै गर्दा पिचहरू स्लो हुँदै जाँदा, यस खेलमा मध्यम स्कोरको अपेक्षा गरिएको छ । अझ दिउँसोको खेल पनि भएकाले दुवैतर्फका स्पिन बलरहरु उपयोगी साबित हुनेछन् । यस गेममा जित हासिल गर्ने टिम प्लेओफ़ नजिकै पुग्ने छन् भने हार्ने टिम लै प्लेओफमा पुग्न मुस्किल हुने छ । यहि सिजनमा यी दुइ टिमको भेट हुँदा हैदराबादले सजिलो जित हासिल गरेको थियो।

Continue reading

जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस

सरकारले जेठ ३ गते संघिय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । सरकारका अनुसार जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् ।...

Continue reading

फरहान अख्तर हलिउड प्रवेश

बलिउड अभिनेता फरहान अख्तरले पनि हलिउड डेब्यु गर्ने निश्चित भएको छ । मार्भल स्टुडियो र डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’मा अख्तरले अभिनय गर्ने पक्का भएको डेडलाइन हलिउडले जनाएको छ । फिल्ममा फरहानको भूमिकालाई लिएर थप नखुलाइए पनि उनको विशेष रोल हुने जनाइएको छ । यो सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत मुख्य भूमिका हुने जनाइएको छ । मार्भलको यो प्रोजेक्टमा हुने फरहानको सम्भावित अभिनयलाई लिएर महत्वका साथ लिइएको छ । आगामी ८ जुनमा मिस मार्भल प्रिमियर हुने तयारीमा छ । यतिबेला फरहान तीन बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, क्याटरिना कैफ र आलिया...

Continue reading

ओलीले गरे मतदाताहरुमा अपिल (पूर्णपाठ सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन नजिकिंदै जाँदा मतदाताहरुमा पुन आशिर्वादको लागि अपिल गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उनले अपिल सार्वजनिक गरेका हुन्। अपिलमा उनले अहिलेको सरकारले गरेको कामको आलोचना र आफू नेतृत्वको अघिल्लो सरकारको पालामा भएका कामको व्याख्या गरेका छन् । अपिलको पूर्णपाठ यस प्रकार रहेको छ – नेकपा-एमाले-को-आम-मतदातामा-अपील-1Download

Continue reading

दैनिक १८ घण्टा उडान भर्न निजी कम्पनी तयार

निजी हवाई कम्पनीहरु अन्ततः दैनिक १८ घण्टासम्म उडान भर्न तयार भएका छन् । यसअघि नेपाल नागरिक उड्ययन प्राधिकरणले रात्रीकालिन उडान सेवा समेत सञ्चालन गर्ने गरि आन्तरिक उडानमा दैनिक १८ घण्टाको उडान सेड्युल पठाएपछि आक्रोशित भएका हवाई कम्पनीहरु सम्पूर्ण हवाई सेवा बन्द गरि ‘सट डाउन’मा जाने चेतावनी दिएका थिए । यसपछि बसेको प्राधिकरण र हवाई कम्पनी तथा निजी हवाई कम्पनी सञ्चालकहरुको छाता संगठन ‘नेपाल वायुसेवा सञ्चालक संघ’ को बैठकले समस्या समाधानका लागि ९ सदस्यीय उप–समिति बनाएको थियो । सोही समितिको पहलमा दैनिक १८ घण्टा उडान गर्ने गरी सहमति जुटेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका...

Continue reading

ओस्करको थप्पड विल स्मिथका लागि महँगो बन्दै

ओस्करमा क्रिस रकलाई थप्पड हानेको घटनाले हलिउड स्टार विल स्मिथ निकै चपेटामा परेका छन् । यो घटनापछि उनको व्यक्तिगत र व्यावसायिक जीवनमा समस्या बढ्दै गएको छ । ओस्कार एकेडेमीले उनलाई समारोहमा सहभागी हुन प्रतिबन्ध लगाएको छ भने उनको आगामी फिल्म ‘ एम्यानसिपेशन’को रिलिज स्थगित भएको छ । यसअघि नेटफ्लिक्सले पनि उनको फिल्मको अर्को भाग नबनाउने घोषणा गरेको थियो । मिडिया रिपोर्टका अनुसार एम्यानसिपेशनका निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने निर्णय गरेका छन्। निर्माण पक्षले यो फिल्मलाई २०२३ सम्म सार्ने योजना बनाएको छ । यद्यपी यस फिल्मको अर्को रिलिज मितिबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा...

Continue reading

महिलाहरूलाई परम्परागत बुर्का लगाउन तालिवानको निर्देशन

तालिबानले शनिबार अफगानिस्तानका महिलामाथि केही कठोर प्रतिबन्ध लगाएको छ । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा हुँदा महिलाका लागि कडा ड्रेस कोड अनुमोदन गरेका हुन् । उक्त उर्दीले महिलाले आफ्नो अनुहार र शरीर ढाक्ने सर्वोत्तम तरिका नीलो रङको परम्परागत अफगान बुर्का लगाउनु पर्ने बताइएको छ । उक्त समूहले सत्ता कब्जा गरेपछि महिलाहरूलाई परम्परागत बुर्कासँग उपस्थित हुन कडा निर्देशन दिएका हुन् । गत वर्ष अगस्तमा तालिवान सत्तामा आएपछि अफगान महिलाको अधिकारमाथि तालिवान समूहले अंकुश लगाउँदै गएको छ ।उनीहरूलाई धेरै सरकारी जागिर, माध्यमिक शिक्षा र सहरबाहिर...

Continue reading

उत्तर कोरियाले गर्यो अर्को ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले यसको जानकारी दिएका हुन् । यदि घटनाको पुष्टि भयो भने, यो उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको नयाँ अध्याय हुनेछ। यो मिसाइल परीक्षण दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक इओलले केही दिनपछि सपथ ग्रहण गर्न लागेका बेला भएको हो । युनले उत्तर कोरियाविरुद्ध कडा रवैया अपनाउने चाल्ने संकेत दिइसकेका छन् । जापानका रक्षामन्त्रीले उत्तर कोरियाको यो मिसाइल परीक्षणलाई अन्तर्राष्ट्रिय समुदायका लागि समेत खतरा भएको बताएका छन् ।

Continue reading

गर्भपतनको अधिकार खोसिने आशंकाबीच अमेरिकी शहरहरुमा प्रदर्शन

अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको एउटा मस्यौदा दस्ताबेज चुहिएपछि अमेरिकालाई स्तब्ध बनाइदिएको छ। “पहिलो मस्यौदा” भनिएको उक्त चुहिएको कागजातले अदालतका बहुमत सदस्यको धारणा प्रतिबिम्बित गरेको ठानिएको छ। त्यस घटना पश्चात गर्भपतनको अधिकारलाई कायम राख्न अमेरिकाका धेरै सहरमा शनिबार व्यापक प्रदर्शन भैरहेको छ । गर्भपतनको अधिकारका समर्थक केही दिनदेखि सर्वोच्च अदालतको आगामी निर्णयमा आफ्नो ऐक्यबद्धता देखाउन भेला भएका हुन् । पीटीआईका अनुसार शिकागो, एटलान्टा, ह्युस्टन र अन्य शहरहरूमा शनिबारको र्यालीमा सहभागीहरूले भविष्यमा यो अधिकारलाई कानुनी...

Continue reading

जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

विश्वका प्रमुख सात देश सम्मिलित जी ७ संगठनका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने अधिकारीहरूले जनाएका छन् । अहिले जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको समाचारमा जनाइएको छ । जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरुसँग भने, “जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहुने छ ।” उनका अनुसार भिडियोमार्फत हुने यस्तो बैठक यस वर्षमात्रै अहिले तेस्रो पटक हुन लागेको हो । दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने...

Continue reading

कामीरिता शेर्पाद्वारा २६ औं पटक सगरमाथा आरोहण

कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ । कामीरितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा । फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा छन् । यस्तै फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि कामीरितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै...

Continue reading

जिम्बाब्बे ए संगको दोस्रो एकदिवसीयमा नेपाल विजयी

जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टाएको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्बे ए लाई ३१.५ ओभरमा ८७ रनमा अलआउट पारेको थियो । नेपालका लागि करण केसी र सोमपाल कामीले ३/३ विकेट लिए भने सन्दीप लामिछानेले २ र सागर ढकालले एक विकेट लिए । जिम्बाब्बेलाई सस्तैमा समेट्ने क्रममा नेपालले १२ ओभरमा नै ६ विकेट लिइसकेको थियो । जिम्बाब्बे ए का महत्वपूर्ण ब्याटर जोनाथन क्याम्पवेलले २७, ब्राड इभान्सले नटआउट २० र चेफास जुवाओले १० रन बनाउनुबाहेक...

Continue reading

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो । पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

Continue reading

दाङमा मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो । “स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन्”, उहाँले भन्नुभयो, “त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्छ ।” दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको उहाँको भनाइ छ । यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका...

Continue reading

नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएका छन् । उहाँले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताउनुभयो । “आजको नमूना मतदानको परिणामले मतदाता शिक्षाको अभाव भएको देखाउँछ”, प्रदेश...

Continue reading

डब्ल्यूएचओद्वारा भारतमा कोरोनाका कारण ४७ लाखको मृत्यु भएको दाबी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोनाका कारण ४७ लाख मानिसको मृत्यु भएको दाबि गरेको छ । यो संख्या भारतले देखाएको आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो । तर, भारत सरकारले सो दाबीमाथि प्रश्न उठाएको छ । डब्लुएचओले कोरोना महामारीका कारण विश्वमा अहिलेसम्म करिब १ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरेको छ । यो संख्या दुई वर्षमा कोभिडका कारण हुने मृत्युभन्दा १३ प्रतिशत बढी हो । धेरै देशहरूले कोभिडबाट मृत्यु हुनेको संख्यालाई कम गरी पेश गरेको डब्ल्यूएचओको विश्वास छ । सङ्गठनका अनुसार ५४ लाखको मृत्युलाई मात्रै आधिकारिक गरिएको छ । डब्ल्यूएचओले भारतमा मृतकको जुन संख्या बताएको...

Continue reading

मतदानका दिन सवारीसाधन गुडाउन अनुमति लिनुपर्ने

वैशाख ३०मा तय गरिएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्ने छैनन्। साथै त्यस दिन अत्यावश्यक सेवाका सवारीसाधन चलाउनका लागि अनुमति लिनुपर्ने भएको छ । निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको हो । आयोगको बिहीबार बसेको बैठकले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् । सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले...

Continue reading

वर्षायाममा २०० मेगावाट विद्युत् भारतमा बेचिने

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिश्पर्धी दरमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिकसम्म बिक्री गर्ने छ । भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त टे्रडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका...

Continue reading

मध्यपुर थिमिको मेयरमा ज्वाइँ र जेठान भिड्दै

आसन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यस नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ र नेपाली काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ चुनावी दौडमा छन् । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र एमालेबाट मेयरका उम्मेदवार बनेका मदनसुन्दरका जेठान हुन् । विगतमा लोकप्रिय मत पाएर जितेका मदनसुन्दर र काँग्रेसका सुरेन्द्रबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यो पालिकामा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ भने गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । काँग्रेसको तर्फबाट मध्यपुर...

Continue reading

अब राजनीतिबाट देशको सेवा गर्छु : भुवन केसी

चर्चित अभिनेता भुवन केसीले ४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्‍याएको र अब राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने बताएका छन् । भर्खरै मात्र नेपाली कांग्रेस प्रवेश गरेका केसीले बिहीबार एक कार्यक्रममा भने, ‘केही समयअघिदेखि नै कांग्रेस प्रवेश गर्ने कुरा भए पनि समय मात्रै अहिले जुरेको हो । मेरो राजनीतिका यात्रा कलाकारको हकहितमै केन्द्रित हुनेछ ।’ त्यस्तै कार्यक्रममा उपस्थित अभिनेता नीर शाहले कांग्रेसको प्रजातान्त्रिक वातावरणका कारण नै यसप्रति कलाकारहरुको आकर्षण बढेको दाबी गरेका छन् । कलाकारिता क्षेत्रका विकृति र विसंगति निराकरण गर्न नै आफू पनि कांग्रेसमा आएको उनको भनाइ छ । नेपाल चलचित्र...

Continue reading

‘बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ’ भनेपछि रमेश उप्रेती विवादमा

चर्चित अभिनेता रमेश उप्रेती एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि विवादमा तानिएका छन् । मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने आशयको टिप्पणी गरेका थिए । उप्रेतीको यस्तो अभिव्यक्तिलाई लिएर केही अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बलात्कार हुने बित्तिकै तत्काल या त कराउनुपर्‍यो, चिच्याउनुपर्‍यो वा भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्‍यो ।’ पल शाह प्रकरणलाई लिएर उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् । उक्त अन्तवार्तामा उप्रेतीले पल शाह पीडक नभएको दाबी...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत