आसन्न स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ। आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।
आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ ।
उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले...
चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले चितवन भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् । उनले रेनु दाहाललाई दिदि भनेर सम्बोधन गर्दै प्रचण्डलाई भने, ‘छोरी गजबको पाउनु भएको छ’।
बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको आम सभामा क्षेत्रीले दाहालले आफ्नो कार्यकालमा राम्रो काम गरेको भन्दै भोट भागेका हुन् । ‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ,’ क्षेत्रीले भने, ‘दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउँ-आउँ लाग्यो ।’
आफू कुनै पार्टीको सदस्य नरहेको भन्दै उनले यो कार्यक्रममा आउनुअघि आमालाई सोधेको बताए । ‘म आजसम्म कुनै पनि पार्टीको साधारण...
काठमाडौं महानगरपालिकाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ ।
उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔं, बालेनलाई भोट हालौं’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए ।
‘नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट...
काठमाडौँको चावहिलमा प्रहरीले सुनौलो रंगको कछुवासहित एक जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका-८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीको टोलिले जाँच गर्ने क्रममा उनलाई काठमाडौंको चाबहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई २१ रनले हराउँदै दिल्ली क्यापिटल्स अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । अविजित रहेका उनी प्लेयर अफ द म्याच समेत भए । रोभम्यान पावेलले पनि अविजित ६७ रन बनाए । मिचेल मार्सले १० र कप्तान रिसभ पन्तले २६ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा हैदरावादको सुस्त सुरुवात थियो । हैदरावादका...
मोरङको बेलबारीमा राप्रपाबाट मेयरमा उठेका उम्मेदवारको गाडीमा आगजनी भएको छ ।
बेलबारी नगरपालिकामा मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।
प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास...
नेपाली कांग्रेसका शीर्ष नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आपत्ति जनाएका छन् ।
शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा निधिको नाम कहीं पनि उल्लेख छैन । जनकपुरको सभामा समेत उनको नाम समावेश गरिएको छैन ।
त्यस कारण आगामी शनिबार धनुषामा हुने चुनावी सभा उनले बहिष्कार गर्ने भएका छन् । ‘पर्सि धनुषामा चुनावी सभा छ। विमलेन्द्र दाइ आउनुहुन्न’ धनुषा कांग्रेस उपसभापति गणेश झाले भने, ‘पार्टीले बनाएको नेताको लिष्टमा दाइको नाम नै छैन, लगायतका नेता लेखेर कहाँ हुन्छ ?’
परिचालन...
जेम्स वेब टेलिस्कोप, खगोल विज्ञानको नयाँ सुपर स्पेस टेलिस्कोपले पूर्ण परिचालन क्षमताको लागि अर्को ठूलो कदम चालेको छ।
हबल स्पेस टेलिस्कोपको १२ खर्बको उत्तराधिकारी अब पूर्ण रूपमा केन्द्रित र पङ्क्तिबद्ध भएको छ। यसले अब आफ्ना चारै यन्त्रहरूमा पिन-शार्प इमेजरी बनाउनका लागि आफ्नो ऐना पूर्ण रूपमा उचालेर प्रकाशलाई प्रतिबिम्बित गर्न सक्छ ।
अब केवल यो जाँच गर्न बाँकी छ कि टेलिस्कोपका उपकरणहरू ठीकसँग क्यालिब्रेट गरिएको छ कि छैन अर्थात् तिनीहरूले आफ्नो डेटालाई अपेक्षित र बुझिएको तरिकामा डेलिभर गर्दैछन् वा छैनन्। यसका लागि अझै केही महिना लाग्ने अपेक्षा गरिएको छ।
एकचोटि यो गरिसकेपछि, जेम्स वेब...
किम कार्दशियनले मार्लिन मुनरोले लगाएको पहिरनमा फिट हुनको लागि तीन हप्तामा ७.३ केजी घटेको बताएपछि डाइटिङको बारेमा हानिकारक सन्देश पठाएको आरोप लगाइएको छ।
कार्दशियनले फेशन म्यागजिन भोगलाई आफ्नो आहार र फिटनेसको विवरण दिएकी थिइन् । उनले सो कार्य चुनौतिपूर्ण रहेको भन्दै “म धेरै भोको त छैन – तर म धेरै कडा थिए।” भन्ने अभिव्यक्ति दिएकी थिइन्।
ब्रिटिश डाइटेटिक एसोसिएसनका निकोला लुडलाम-रेनले यस्तो व्यवस्था चित्रण गर्नु “गैरजिम्मेवार” भएको बताएकी हुन्। कार्दशियनले सोमबार मेट गालामा क्रिस्टल अलंकृत गाउन लगाएकी थिइन्। सन् १९६२ मा मुनरोले अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई...
म्यानचेष्टर सिटीविरुद्ध शानदार पुनरागमन गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै रियल फाइनल पुगेको हो ।
पहिलो लेगमा ४-३ ले पराजित भएको रियलले दोस्रो लेग जित्दै समग्रमा ६-५ खेल आफ्नो पक्षमा पारेको हो । सिटीले भने पहिलो लेगको आफ्नो अग्रता जोगाउन सकेन ।
रियलको मैदान सान्टियागो बर्नाबेउमा भएको दोस्रो लेगको खेलको ७३औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीला अग्रता दिलाएका थिए । त्यसपछि सिटीले ६-४ को अग्रता बनाएको थियो ।
त्यसपछि रियलका रोड्रिगो चम्केपछि रियल खेलमा...
अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएकी रञ्जु दर्शना यतिबेला राजनीतिक गतिविधिमा सक्रिय छैनन् । स्थानीय तहको निर्वाचन आएसंगै कतिपयले उनको खोजी समेत गरिरहेका छन् ।
त्यसबेला चुनावमा विजय हासिल गर्न नसकेपनि सम्मानजनक मत ल्याउँदै उनले धेरैको मन जितेकी थिइन् । केही पहिले विवेकशील साझा पार्टीसमेत छाडेकी उनी त्यसयता राजनीतिमा निष्क्रिय जस्तै बनेकी छन् । यहीबीचमा बुधबारमात्रै उनी वैवाहिक जीवनमा प्रवेश गरेकी हुन्।
‘जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेका छौँ। यहाँहरूको आशीर्वाद र शुभकामनाको लागि धेरै धेरै धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत...
काठमाडौं महानगरपालिका-१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका-८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बहुप्रतिक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’ आगामी शुक्रबार नेपाल, भारतसहित विश्वभर प्रदर्शनमा आउंदै छ।
यस फिल्मको वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमिययरमा उपस्थित कतिपयले यसलाई हरर शैलीको डरलाग्दाे चलचित्र बताएका छन् भने कतिपयले मिश्रित प्रतिक्रिया दिएका हुन् । कतिपयले चाहिं निर्देशक साम राइमीको कलात्मक शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् ।
मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा यस फिल्मका कलाकारहरु बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनसहित बेनेदिक्त वांग लगाएतका सेलिब्रिटी उपस्थित रहेका थिए । फिल्ममा अभिनेता बेनेडिक्टले...
युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको छ । यी प्रतिबन्धहरूको सन्दर्भमा, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली संघले आगामी ६ महिनामा रूसबाट कच्चा तेल आयात गर्न बन्द गर्ने बताएकी छिन् ।
रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय युरोपेली संघका सदस्य राष्ट्रहरूबीच सहमति भएपछि मात्र लागू हुनेछ । यसअन्तर्गत वर्षको अन्त्यसम्म रुसबाट तेल आयात बन्द गरिनेछ ।
यसका साथै रुसको सबैभन्दा ठूलो बैंक सबर बैंकबाट पनि स्विफ्ट फाइनेन्सियल सिस्टम हटाउने निर्णय गरिएको छ । युरोपेली संघका अनुसार सबरबैंकबाहेक, रूसको क्रेडिट बैंक अफ मस्कोको रूसी कृषि बैंकको पनि स्विफ्ट प्रणालीबाट...
जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । पहिलो टी-२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आजको खेलमा जित निकाल्दै नेपालले सिरिज बराबरी गरेको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपालक लागि ओपनर ब्याटर आशिफ सेखले ३४ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । पहिलो विकेटका लागि नेपालले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेको हो । कुशल भुर्तेल ३४ बनाएर आउट भएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । सामान्य लक्ष्य...
बलिउड अभिनेता अजय देवगण अभिनित तथा निर्देशित भर्खरै रिलिज भएको फिल्म ‘रनवे ३४’ माथि पाइलटलाई गलत ढंगले प्रस्तुत गरेको भन्ने आरोप लागेको छ।
सत्य घटनामा आधारित भनिएको यस फिल्ममा अजयले एक सन्काहा पाइलटको भूमिका निर्वाह गरेका छन् ।यसैबीच, भारतीय पाइलट महासंघले भने ‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै फिल्मलाई सत्य घटनामा आधारित भए पनि पूरै काल्पनिक ढंगले प्रस्तुत गरिएको जनाएको छ ।
फिल्मको निर्माण पक्षले भने सन् २०१५ मा दोहाबाट कोची आइरहेको विमानलाई क्र्यास ल्यान्डिङ घटनाको सत्य कहानी बताउँदै आएको छ । मौसम खराब भएका कारण कम...
२१ बैशाख भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ । संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण...
केही सातादेखि ‘राजेश हमाल अफिसियल’ ह्यान्डलको टिकटक एकाउण्टबाट दिनहुँजसो लाइभ स्ट्रिमिङ चलिरहेको देखिन्छ।मध्यरातसम्म चल्ने उक्त लाइभ स्ट्रिमिङमा राजेश हमाल र उनकी पत्नी मधु दर्शकसँग अन्तक्रिया गर्छन् । उक्त लाइभमा फ्यानहरुले गिफ्ट पनि पठाइरहेका हुन्छन् ।
हमाल दम्पतीलाई मध्यरातसम्मै टिकटक लाइभमा देखेपछि कतिपयले आलोचना पनि गरिरहेका छन् । पैसा माग्न रातभर लाइभमा बसेको भन्दै कतिपयले हमालले अशोभनीय काम गरेको भन्दै आरोप पनि लागेको छ।
हमालका फ्यानहरुले ‘महानायक’ रातभर लाइभमा बस्नु राम्रो नभएको भन्दै त्यसो नगर्न सुझाएका छन् । उक्त खातामा राजेश हमालका अन्य भिडियो पनि पोस्ट हुने गरेको छ ।
तर...
युक्रेनमाथिको रुसी हमलापछि रुसले चौतर्फी प्रतिबन्दहरुको सामना गर्नु परिरहेको छ । रुसमाथि अमेरिका, युरोपेली युनियन लगायतले कडा प्रतिबन्ध लगाइरहेका छन् ।
पश्चिमा मुलुकहरुबाट प्रतिबन्धको सामना गरिरहनु परेपछि रुसले अन्ततः अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट पनि अलग हुने घोषणा गरेको छ । आगामी दुई/तीन वर्षमा स्पेस स्टेसनबाट अलग हुने रुसले जनाएको छ।
रुसी समाचार एजेन्सी ‘तास’ का अनुसार रुसी स्पेस एजेन्सी रोसकोमसका महानिर्देशक दिमित्री रोगोजिनले यस्तो घोषणा गरेका हुन् । यो निर्णय धेरै पहिले नै लिईएको र यस विषयमा सार्वजनिक रुपमा कुरा गर्न आवश्यक नरहेको उनको भनाइ छ ।
यद्यपि स्पेस स्टेसनमा...
नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नै नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका छन् । पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको हो ।
चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको छ ।
स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।
केन्द्रीय...
अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको एउटा मस्यौदा दस्ताबेज चुहिएपछि अमेरिकालाई स्तब्ध बनाइदिएको छ। “पहिलो मस्यौदा” भनिएको उक्त चुहिएको कागजातले अदालतका बहुमत सदस्यको धारणा प्रतिबिम्बित गरेको ठानिएको छ।
अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्ले बताएका हुन्।
पोलिटिकोमा छापिएको ९८ पानाको दस्ताबेजमा न्यायाधीश स्यामुअल अलिटोले...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।
अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ। अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।
त्रिभुवन विमानस्थलका एक अधिकारीले दिएको जानकारी अनुसार, ‘अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका छौं । हाम्रो सिस्टममै कहिंबाट त्यस्तो खालको कल आयो भने पूरै सर्च गर्नुपर्छ ।’
त्यसैले...
इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्पानिस क्लब भियारियललाई रोक्दै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो ।
बुधबार भियारियलको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै खेल ३-२ ले जित्यो। पहिलो लेगको खेल २-० ले सहजै आफ्नो पक्षमा पारेको लिभरपुलले समग्रमा ५-२ ले नतिजा आफ्नो पक्षमा पारेको हो।
भियारियलको घरेलु मैदानमा भएको खेलमा बोउलाए डियाले तेस्रो र फ्रान्सिस कोक्विलिन ४१औं मिनेटमा गोल गरेपछि भियारियलले पहिले हाफमा दुई गोलको अग्रता लिंदै स्कोर २-२ को अवस्थामा पुर्याएको थियो ।
लिभरपुलका लागि फाबिन्होले ६२औं,...