सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीमा १० दिनअघि नेपाली कांग्रेसको प्रचार सम्पर्क कार्यालय तोडफोड गर्ने समूहलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
कांग्रेस सम्पर्क कार्यालयमा आक्रमण हुँदा केही कार्यकर्ता घाइते हुनुका साथै सवारी साधनमा क्षति पुगेको थियो । दोषीलाई कारबाही नभएको भन्दै तोडफोड गरी क्षति पुगेका सवारी साधनहरु उस्तै अवस्थामा छन् । एमाले वडाध्यक्षका उम्मेदवार रितेश राउतकै प्रत्यक्ष संलग्नतामा आक्रमण भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । उम्मेदवार राउतसँगै अन्य ४० जनाभन्दा बढीलाई प्रहरीले खोजी गरिरहेको छ ।
कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु दोषीलाई कारबाही...
काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने युवतीमाथि अर्को आपत्तिजनक टिप्पणी गरेका छन् ।
हालै मात्र नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन् । जवाफमा स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेका थिए ।
यसको चर्को आलोचना भइरहेका बेला स्थापितले भने प्रश्नकर्ता राउतमाथि अर्को आपत्तिजनक टिप्पणी गरेका छन् । काठमाडौं महानगरपालिका–१० मा मंगलबार आयोजित कार्यक्रममा एमाले उम्मेदवार स्थापितले आफ्नो अभिव्यक्तिलाई महिला...
भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणका शिलशिलामा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा देखिएका थिए।
त्यसपश्चात बीजेपीको सूचना तथा प्रविधि विभागका प्रमुख अमित मालवीयले ट्वीटरमा गान्धीलाई नाइटक्लबमा देखाइएको भिडियो सार्वजनिक गरेका छन् । त्यस ट्वीट पश्चात भारतमा गान्धीको विपक्षमा भारतीय जनता आक्रोशित हुन पुगेका छन् ।
“मुम्बई कब्जामा हुँदा राहुल गान्धी नाइट क्लबमा थिए। उनी एक नाइट क्लबमा हुनुहुन्छ जब उनको पार्टी विस्फोट भइरहेको छ। चाखलाग्दो कुरा के छ भने, कांग्रेसले...
न्यूयोर्कमा अवस्थित ‘मेट्रोपोलिटन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्युट’ का लागि ‘फण्ड’ संकलन गर्न वर्सेनिआयोजना हुँदै आएको मेट गाला २०२२ सोमबार सम्पन्न भएको छ ।
हरेक वर्ष झैँ यस वर्ष पनि कार्यक्रमको छुट्टै थिम राखिएको थियो । यसपटकको मेट गालाको थिम ‘गिल्डेड ग्ल्यामर एण्ड ह्वाइट टाई’ राखिएको छ ।
संसारकै ठूलो फेसन कार्यक्रमको रुपमा रहेको मेट गालाको यसपटकको आयोजनामा पनि सेलिब्रिटीहरुले नयाँ र अनौठो कस्ट्युम लगाएका छन् ।
यसपटकको रेड कार्पेट लुकमा धेरैजसो ए–लिस्ट स्टारले आफ्नो जादु बिछ्याउन नसकेको धेरैले आरोपसमेत लगाएका छन् । एमिली राताजकोस्की, कारा डेलेभिग्ने, क्यामिला काबेलो, सारा...
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाबाट नेकपा एमालेको तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितलाई २४ घण्टे अल्टिमेटम दिंदै स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण माग गरेको हो ।
स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिएका छन् ।
यही वैशाख १५ गते काठमाडौंको धुम्बाराइस्थित नेशनल कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो...
‘ड्राइभर दाइलाई मन पर्ने टायर,गोरखकाली रबर उद्योग भएर’
कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो । त्यतिमात्र नभएर यसको उपस्थिति विदेशी बजारसम्म नै पुगेको थियो ।
अहिले भने समय बदलिएको छ । उद्योगका रूपमा राम्रो परिचय बनाएको मात्र नभई आत्मनिर्भर हुँदै निर्यातमा समेत गतिलो प्रभाव पारेको गोरखकाली रबर उद्योग यतिखेर मृतप्रायः छ । फलस्वरूप मुलुकमा टायर र रबरजन्य...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
उहाँले आज एक अपिल जारी गरी संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनुपर्ने उल्लेख गर्नुभएको हो ।
मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा...
राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेको छ ।
राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका विश्वास पात्र भनेर चिनिन्थे । तर राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए ।
जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख, मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले सोवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिएको छ। बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको अभियोगमा पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
सेवाग्राहीबाट लिएको अतिरिक्त रकम १ लाख ५० हजार रुपैंया सहित मालपोत अधिकृत पनेरुलाई नियन्त्रणमा लिएको भन्ने जानकारी आएको छ’ प्रवक्ता भण्डारीले भने। उनले थप बिषयपछि थाह हुने समेत बताए। फुङ्लिङ वडा...
प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा आज बुधबार सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिम्सटेक आजबाट सुरु हुँदैछ । परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए । उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको...
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियामा बिलम्ब हुँदा आचारसंहिता कार्यान्वयनको मिति केही दिन धकेलिएको थियो ।
आचारसंहिता उल्लंघन सम्बन्धी घटनाका उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिलो भएकोे निर्वाचन आयोगले जनाएको छ ।
आगामी २२ गते बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिताबारे...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् । पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले अल्टिमेटम दिएका हुन् ।
आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३०...
नविन कार्की :रामेछापमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप नगरपालिका–८ स्थित कालिआँप भन्ने स्थानमा रहेको बाख्रा फर्ममा एक ३२ बर्षिय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दैलेख चामुण्डा गाउँपालिका–४ का रुकुम बढालाई प्रहरीले पक्राउ गरेको हो ।
दैलेख घर भइ हाल मन्थली नगरपालिका–१ वस्दै आएका बढाले चिया खान जाँउ भनि बाख्रा फर्ममा लगेर जबरजस्ती करणी गरेको पीडित प्रहरी समक्ष उजुरी दिएकी छिन् । उनले जबरजस्तीकरणी गरेपछि कसैलाई भनेमा ज्यान नै मारिदिने धम्की दिएको पीडित पहिलाले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका...
आतंकवादी समूह तहरीक–ए–तालिबानले भारतको राजधानी दिल्लीमा विष्फोट गराउने चेतावनी दिएको छ । तालिबानको इन्डिया सेलले ई–मेलमार्फत विष्फोट गर्ने चेतावनी दिएको हो ।
दिल्ली पुलिसका स्पेशल सेलका एक अधिकृतलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले विष्फोट गराउने धम्कीयुक्त ई–मेल आएको जनाएका हुन् । ई–मेलमा दिल्लीमा विष्फोट गराउने कुरा गरिएको छ । योसँगै दिल्लीमा आतंकवादी खतरा देखिएको छ । धम्कीपछि दिल्लीमा उच्चतहको सुरक्षा सतर्कता अपनाइएको छ ।
दिल्ली पुलिसले मंगलबार राति सरोजनी मार्केटसमेत कयौं बजारमा सर्च अपरेशन चलाएको थियो । रोजिनी नगर मिनी मार्केट ट्रेडर्स एसोसिएसनका अध्यक्ष अशोक रन्वावाले सुरक्षाका...
आफू नेपाली सेनाको क्याप्टेन रहेको र हाल मिसनको लागि विदेशमा रहेको, आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान छ त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु भनि फेसबुकमा कुराकानी गरी भर विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट रु.९,७५,१४०।– (नौ लाख पचहत्तर हजार एक सय चालिस) रुपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गा.पा. वडा नं. ५ घर भई जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० अम्मरसिंहचोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई पक्राउ गरी अनुसन्धान गर्दा निज नेपाली सेनाको नक्कली क्याप्टेन भएको पाईएको छ ।
निजको साथबाट...
नेकपा एमालेका बागमती प्रदेश सदस्य, दोलखा जिल्ला इन्चार्ज इश्वरचन्द्र पोखरेल खाएको ऋण नतिर्दा फसादमा परेका छन् । तामाकोशी गाउँपालिकाका निर्वाचित पालिका अध्यक्ष समेत रहेका पोखरेलले दोलखाको बैतेश्वर गाउँपालिकामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाबाट झिकेको ऋण नतिर्दा सहकारीले उनको फोटो र विवरण पत्रिकामा छापेको हो ।
सहकारीले पत्रिकामा सूचना निकाल्दै ३५ दिन भित्र ऋण तिर्न आउन परिपत्र गरेको छ । विभिन्न समयमा तर-ताकेता गर्दा समेत सावाँ-ब्याज नतिरेको भन्दै पोखरेलसहित अन्य ऋणीको विवरण प्रकाशित गरिएको सहकारीका एक कर्मचारीलले जानकारी दिए ।
३५ दिन भित्र ऋण नतिरे पोखरेलको धितो लिलाम हुने सहकारीले...
दाङ तुलसीपुरका निर्माण व्यवसायी अनुप पाण्डेलाई प्रहरीले काठमाडौँबाट दाङ ल्याएपछि उनीविरुद्ध ठगीको थप जाहेरी दर्ता भएको छ। यसैक्रममा दाङको दुधरासस्थित सोनापुर सिमेण्ट उद्योगले पनि ठगीमा जाहेरी दिएको छ। टिप्परसहित सिमेण्टको पैसा नदिएपछि उद्योगले २ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएको हो।
उद्योगका अधिकारी प्रहरी कार्यालयमा आफै आएर जाहेरी दर्ता गराएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए। कानुन सम्मत जाहेरी आएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण...
मधेस प्रदेश सरकारले जनयुद्धका सहिदका परिवारजनका सदस्यहरूलाई सम्मानसहित एक लाख प्रदान गरेको छ । बाराको सिमरामा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, मधेसी सहिद प्रतिष्ठानले बाराका ६० जना सहिदहरूका परिवारलाई सम्मान गरेको हो ।
सङ्घीय सरकारका पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य मातृका प्रसाद यादव र प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले दोसल्ला र प्रशंसा पत्रले सम्मान गर्दै जनही सहिदका परिवारहरूलाई १ लाखको चेक हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहका प्रेस सल्लाहकार कृतिक श्रेष्ठले बताए ।
कार्यक्रममा...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरि ढालबहादुर लामिछाने ‘बिक्रम’ आज नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज खुमलटारमा पार्टी प्रवेश गराएका हुन् ।
प्रवेश कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, नेता गोपाल पाण्डे ‘उत्तम’, अखिल क्रान्तिकारीका उपत्यका विशेष प्रदेश कमिटीका सदस्य तथा वन तथा वातावरण मन्त्री विशाल खड्काका स्वकीय सचिव मनोज पाण्डे लगायतको उपस्थिति रहेको थियो।
लामिछाने २०५६ सालमा भूमिगत भएर जनमुक्ति सेनाको बृगेड भिसि समेत भएका थिए। छलफलमा सहभागी एक नेताका अनुसार...
भोलि परेको फागु अर्थात होली पर्वलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। होलीलाई व्यवस्थित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
वसन्तपुर दरबार, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिने छ। ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन गरिने छ।
होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन विशेष सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी...
राेशन रिमाल, काठमाडाैं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन्। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन्।
दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री खाली कागजमा सही गरेर बैठक कक्षबाट बाहिरिएका थिए। गत फागुन १२ मा सरकारले एआइजिपीका तीन दरबन्दी थप्ने निर्णय गरेको थियो।
आईजीपी क्षेत्रीले डिआइजीहरू ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह...
सरकारको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनका चालु अधिवेशन अन्त्य गरेकी छन्। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार मंगलबार मध्यराति १२ बजेबाट दुवै सदनका चालु अधिवेशन अन्त्य गरिएको हो।
यसले गर्दा आज चैत २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्वतः स्थगन भएको उनले जानकारी दिएका छन्। अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्धको महाअभियोगको प्रक्रिया पनि लम्बिने भएको छ।
सत्ता गठबन्धनका दलहरुले संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्ने र उनलाई अदालतबाहिर राखिरहन प्रक्रिया लम्ब्याउने रणनीति बनाएको आरोप लागिरहेकै...
प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहो¥याउनुभएको छ । उहाँले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो ।
सो कार्यक्रममा उहाँले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफँै मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाको प्रश्न थियो, “आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट...